काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले फिल्म ‘लाज शरणम्’ मार्फत पार्श्व गायनमा डेब्यु गरेका छन्। र्यापर समेत रहेका बालेनले प्रदर्शनको तयारीमा रहेको फिल्मको गीत गाएका हुन्।
बालेनकै शब्द, संगीत र स्वर रहेको हिपहप गीत रेकर्ड भइसकेको छ। बालेनले फिल्मको लागि गीत रेकर्ड गरिसकेको निर्माण कम्पनी जेपीटी क्रिएसनले जनाएको छ।
चर्चित टेलिशृंखला ‘सक्किगो नि’ टिमले बनाएको यस फिल्ममा कुमार कट्टेल (जिग्री ब्रो) को लेखन तथा निर्देशन रहेको छ। यो फिल्म आगामी फागुन १४ गतेबाट रिलिज हुँदैछ।
यस फिल्ममा विजय बराल, मुकुन्द श्रेष्ठ, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, विजय लामासँगै सक्किगोनि टिमबाट अर्जुन घिमिरे (पाँडे), सागर लम्साल (बले), हरिश निरौला (कक्रोज), प्रियाना आचार्य (मुन्नी), कमलमणी नेपाल (खुपीका बाउ) लगायत कलाकारको अभिनय छ।
Shares

प्रतिक्रिया