काठमाडौँमा पहिलो पटक ‘चाइना फिल्म डे’ आयोजना हुने भएको छ।
नेपाल र चीनबीचको सांस्कृतिक सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यले यो कार्यक्रम पुस २५ मा ठमेल स्थित छायाँ सेन्टर हुनेछ। जहाँ दुवै देश बीच आगामी दिनमा चलचित्र निर्माण, प्रबर्धन र बजारीकरणमा सहकार्य हुने बताइएको छ।
चाइना फिल्म एडमिनिस्ट्रेशन, नेपालस्थित चिनियाँ दूतावास, चाइना फिल्म आर्काइभ, र नेपाल फिल्म एण्ड कल्चरल एकेडेमीद्वारा संयुक्त रूपमा आयोजित यस कार्यक्रममा तीन चर्चित चिनियाँ चलचित्र प्रदर्शन हुनेछन्। जुन हर स्टोरी, मिडसमर्स भ्वाइस र जी फर ग्याप रहेका छन्।
चलचित्र प्रदर्शनपछि ति चलचित्रका निर्माता, निर्देसक र कलाकारहरुले दर्सकहरुसँग अन्तर्क्रिया समेत गर्ने छन। जसले सांस्कृतिक आदान प्रदानको अवसर प्रदान गर्नेछ।
कार्यक्रममा नेपाली चलचित्र क्षेत्रका चर्चित कलाकार, निर्देशक, प्राविधिकहरू, र विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहनेछ। यसका साथै नेपालस्थित चिनियाँ दूतावास, नेपाल चलचित्र बिकास बोर्ड र नेपाल पर्यटन बोर्डका बिशिस्ट पदाधिकारीहरुले समेत सहभागिता जनाउनेछन् पूर्व अर्थ मन्त्री तथा प्रतिनिधि सभा सदस्य माननिय बर्षमान पुनको प्रमुख आतिथ्यता रहने छ।
प्रदर्शन हुने चलचित्रका निर्माता, निर्देसक र कलाकार गरी १४ जनाको टिमको नेत्रित्व चाइना फिल्म एडमिनिस्ट्रेशनको अन्तर्राष्ट्रिय विभागका निर्देशक श्री सु याङ ले गर्ने छन्। यस कार्यक्रमले दुवै देशका चलचित्रकर्मीहरू बीच सहकार्यलाई अगाडि बढाउने अपेक्षा गरिएको छ।
नेपाल फिल्म एण्ड कल्चरल एकेडेमीका अध्यक्ष केपी पाठकले यो कार्यक्रम नेपाल(चीन चलचित्र सम्बन्धको नयाँ अध्यायको सुरुवात भएको बताए।
उनले भने, ‘चलचित्र प्रदर्शन गर्ने कार्यक्रम मात्र होइन, दुई जीवन्त संस्कृतिलाई जोड्ने पुल हो। चिनियाँ चलचित्रहरूको सिर्जनशीलता र गहिराई प्रस्तुत गरेर, हामी नेपाली चलचित्रकर्मीहरूलाई सिक्न, सहकार्य गर्न र आफ्नो क्षितिज फराकिलो बनाउन अवसर प्रदान गर्दैछौं। यस प्रकारका कार्यक्रमहरूले राष्ट्रहरू बीच आपसी सम्मान, सम्बन्ध र समझदारीलाई प्रवर्द्धन गर्न महत्त्वपूर्ण भूमिका खेल्छन्।’
Shares

प्रतिक्रिया