कला


‘बाहुबली २’ लाई उछिन्दै ‘पुष्पा २’ बन्यो भारतभर धेरै कमाउने फिल्म

‘बाहुबली २’ लाई उछिन्दै ‘पुष्पा २’ बन्यो भारतभर धेरै कमाउने फिल्म

नेपालखबर
पुस २२, २०८१ सोमबार १४:५२, काठमाडौँ

अल्लु अर्जुन स्टारर दक्षिण भारतीय फिल्म ‘पुष्पा २’ सर्वाधिक कमाइ गर्ने भारतीय फिल्म बनेको छ। प्रदर्शनको ३२ औं दिनमा १३५२ करोड भारतीय रुपैयाँको आकडा पार गर्दै घरेलु बक्सअफिसमा धेरै कमाउने फिल्म बनेको हो।

पिंकभिल्लाका अनुसार ७ वर्ष, ८ महिना र ३ दिनमा ‘पुष्पा २’ ले सर्वाधिक ग्रस कलेक्सन गर्ने ‘बाहुबली २’को कीर्तिमानलाई उछिनेको हो। सन् २०१७ मा रिलिज भएको ‘बाहुबली २’ ले भारतमा १३४७ करोड भारुको व्यापार गरेको थियो।

सुकुमारको लेखन र निर्देशन रहेको यस फिल्ममा अल्लु अर्जुनसहित रश्मिका मन्दना मुख्य भूमिकामा छन्। साथै फरद फासिल, धनञ्जय, राव रमेश, सुनील, अजय घोषलगायतको अभिनय छ। नवीन येर्नेनी र रविशंकर यममाञ्चिली फिल्मका निर्माता हुन्।

यी हुन् भारतभर धेरै कमाउने फिल्म
१) पुष्पा २- १३५२ करोड भारु (३२ दिन)

२) बाहुबली २– १३४७ करोड भारु
३) दंगल– ५११ करोड भारु
४) बाहुबली– ४८१ करोड भारु
५) पिके– ४५० करोड भारु

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad