चर्चित भारतीय फिल्म निर्माता तथा पत्रकार प्रितिश नन्दीको निधन भएको छ। ७३ वर्षीय नन्दीको बुधबार हृदयघातका कारण निधन भएको हो।
उनी लामो समयदेखि प्यान्क्रियाटिक क्यान्सरबाट पीडित थिए। अभिनेता अनुपम खेरले एक पोस्टमार्फत उनको मृत्युको बारेमा जानकारी दिएका हुन्।
उनले २००० को सुरुमा आफ्नो ब्यानर प्रितिश नन्दी कम्युनिकेसन्स अन्तर्गत सूरु, कान्टेु, झंकार बीट्स, चमेली, हजारों ख्वाइसें ऐसी, प्यार के साइड इफेक्ट्स लगायतका फिल्महरू निर्माण गरेका थिए।
‘द इलस्ट्रेटेड वीकली अफ इन्डिया’ का सम्पादक समेत भएका उनी आफ्नो बोल्ड विचारका लागि प्रसिद्ध थिए। उनले फिल्म निर्माणमा पनि आफ्नो छाप छोडे र २४ हिन्दी-अंग्रेजी फिल्महरू बनाए।
नन्दी १९९८ र २००४ को बीचमा महाराष्ट्रबाट राज्यसभामा शिवसेना सांसद थिए। नन्दीले अंग्रेजीमा ४० भन्दा बढी कविताका पुस्तक लेखेका थिए। उनले बंगाली, उर्दू र पञ्जाबीका कविताहरू अंग्रेजीमा अनुवाद गरे।
पछिल्लो पटक उनले अमेजन प्राइम भिडिओको वेब सिरिज ‘फोर मोर शट्स प्लिज’ र एन्थोलोजी सिरिज ‘मोडर्न लभ मुम्बई’ निर्माण गरेका थिए।
Shares

प्रतिक्रिया