बुधबार साँझ भएकफ प्रिमियर शोमा फिल्म ‘कार्साङ’ले उत्साहजनक प्रतिक्रिया पाएको छ।
प्रिमियरमा उपस्थित कलाकार तथा अन्य विभिन्न क्षेत्रका व्यक्तिले ‘कार्साङ’लाई हेर्नैपर्ने मौलिक चलचित्र भनेका हुन्।
प्रिमियर शोमा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीसहित दीपाश्री निरौला, दीपेन्द्र के खनाल, अशोक शर्मा, बसन्त निरौला, केदार घिमिरे, किरण केसी, कवि विप्लव प्रतीक, अनुप बराल, मनिष राउत, गायक कमल खत्री, मेलिना मैनाली लगायत कलाकार पुगेका थिए।
शेर्पा समुदायको मौलिक कथा भन्ने चलचित्रले उनीहरूको संस्कार र संस्कृति देखाउन नचुकेको कलाकारहरूले बताए। शेर्पा समुदायको संस्कृति अनुभूत गर्न पनि यो सिनेमा हेर्नैपर्ने उनीहरुको भनाइ छ। चलचित्र हेरेपछि केदार घिमिरेले ‘कार्साङ’ अत्यन्तै राम्रो सिनेमा बनेको प्रतिक्रिया दिए।
यम शेर्पाले निर्देशनमा बनेको यो फिल्म पुस २६ गते रिलिज हुनेछ। ‘कार्साङ’ ग्रामीण परिवेशमा आधारित पारिवारिक कथावस्तुमा केन्द्रित रहेको छ। यस फिल्ममा दयाहाङ राई, सिर्जना निङलेखुसँगै जितु नेपाल, दीया मास्के, बुद्धि तामाङ, सृष्टि गौतम, डोमा ह्योल्मो, प्रेम लोप्चन र सुरवीर पण्डितलगायत कलाकारको अभिनय छ।




Shares

प्रतिक्रिया