फिल्म ‘फेरि रेशम फिलिली’ को पहिलो गीत सार्वजनिक भएको छ। माघे संक्रान्तीको अवसरमा फिल्ममा समावेश ‘ग्रीन कार्डैमा’ बोलको गीत सार्वजनिक गरिएको हो।
दीपक शर्माको शब्द रचना र संगीत रहेको गीतमा डेविट शंकरको स्वर रहेको छ। गीतको भिडिओमा मुख्य कलाकार विनय श्रेष्ठ र सुपुष्पा भट्ट लगायत फिचर्ड छन् ।
दीपक शर्माको शब्द रचना तथा संगीत रहेको गीतमा डेविट शंकरको स्वर सुन्न सकिन्छ। गीतको भिडिओमा मुख्य कलाकार विनय श्रेष्ठ र सुपुष्पा भट्ट लगायत फिचर्ड छन्। यो फिल्म महाशिवरात्रीको अवसर पारेर फागुन १४ गतेबाट प्रदर्शन हुँदैछ।
यसअघि २०७२ सालमा रिलिज भएको सिनेमा ‘रेशम फिलिली’ लोकप्रिय गीत ‘पारी त्यो डाँडा’ले दर्शकमाझ चर्चित बनेको थियो।
सिनेमा आर्ट र वि मोसन पिक्चर्सको सहकार्यमा निर्माण सिनेमाका लेखक र निर्देशक निरोज महर्जन हुन्। रौनक विक्रम कडेल निर्माता रहेको सिनेमाका कार्यकारी निर्माता सुरज विक्रम ठकुरी र सह–निर्मातामा एनि थापा छन्।
सिनेमामा विनय श्रेष्ठ, सुपुष्पा भट्ट, नीर शाह, कामेश्वर चौरासिया, प्रकाश घिमिरे, शिशिर वाङ्गदेल, रविन्द्र झा, लक्ष्मी गिरी, महेश त्रिपाठी, एवनराज उप्रेती, मेक्सम गौडेल, प्रकाश घिमिरे, सजन थापा लगायतको पनि अभिनय छ।
यो सिनेमामा ‘रेशम फिलिली’का निर्देशक प्रनव जोशी र अभिनेत्री मेनुका प्रधान बाहेकको अधिकांश टिम पुरानै रहेको छ। सुसन प्रजापतीको छायांकन, निर्देशक महर्जन र आकाश बरालको पटकथा रहेको छ। यो सिनेमालाई गोविन्द शाहीको काफिया फिल्मस् र कुवेर सिने डिष्ट्रीव्युसनले वितरण गर्दैछन्।
Shares

प्रतिक्रिया