कला


‘ताण्डवम्’ फागुन ९ गतेबाट रिलिज हुने

‘ताण्डवम्’ फागुन ९ गतेबाट रिलिज हुने

नेपालखबर
माघ १, २०८१ मंगलबार १५:५, काठमाडौँ

जुनिम गहतराजको निर्देशन रहेको फिल्म ‘ताण्डवम्’ को पोस्टर सार्वजनिक प्रदर्शन मिति घोषणा गरिएको छ। यो फिल्म आगामी फागुन ९ गतेबाट प्रदर्शनमा आउनेछ।

सार्वजनिक पोस्टरमा सिनेमाका मुख्य कलाकारहरु क्यारेक्टर लुक्समा प्रस्तुत छन्। पोस्टरमा पुष्कर गुरुङ, प्रेम सुब्बा, सरिना मगर, अंकित खड्का, अनोज पाण्डे र जुनिम गहतराज प्रस्तुत छन्। यो सिनेमाबाट कलरिस्ट जुनिमले निर्देशनमा डेब्यु गरेका हुन्।

महाशिवरात्रीको छेको पारेर प्रदर्शनमा आउन लागेको सिनेमाले नाम जस्तै धार्मिक कनेक्सन पनि रहेको निर्माण टिमले जानकारी दिएको छ। एक नव विवाहित जोडी जो आफ्नो पहिलो सन्तानेकोस्वागतको तयारी गरिरहँदा उनीहरु जीवनमा घट्ने अकल्पनिय घटनाले निम्त्याउने उतारचढावको कथालाई पारिवारिक तथा एक्सन थ्रिलर जनरामा प्रस्तुत गरिएको छ। कमल कार्की र गोपाल कटुवालको पनि सिनेमामा अभिनय रहेको छ।

सिंहदेवी प्रोडक्सनको ब्यानरमा निर्माण भएको सिनेमाका निर्माता धनकुमारी गहतराज, सविना मगर र मनिष गौतम हुन्। हरि घले लामाले खिचेको सिनेमामा सम्राट बस्नेतको एक्सन निर्देशन, सुशान्त गौतमको संगीत र कोबिद बज्रको ब्याग्राउण्ड म्युजिक रहेको छ। सिनेमाको कथा, पटकथा तथा संवाद अनिरुद्ध आत्रेय र हुसेनले लेखेका हुन्।

निर्देशक जुनिमले ‘पानीफोटो’, ‘पशुपति प्रसाद २स् भष्मेडन’, ‘खुस्मा’, ‘चिसो मान्छे’ र ‘परस्त्री’ लगायतका दर्जन बढी सिनेमामा कलरिस्टको रूपमा काम गरिसकेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad