अग्रज निर्देशक तुलसी घिमिरेले नयाँ फिल्म ‘पहाड’ घोषणा गरेका छन्। पछिल्लो फिल्म ‘दर्पणछाया २’ पछि निर्देशनबाट केही समय विश्राम लिएका निर्देशक घिमिरेले माघेसंक्रान्तिको अवसर पारेर फिल्मको शिर्षक घोषणा गरेका हुन्।
माघ ६ गतेदेखि छायांकन गर्ने तयारी रहेको फिल्मको सार्वजनिक टाइटल मोसनलाई ट्राइडेन्ट भिएफएक्सका सुनिल थापाले तयार गरेका हुन् भने पोस्टर डिजाइन रोयल भीमसेन र ट्राइडेन्ट कन्सेप्टले गरेको हो।
विपिन कार्कीको अभिनय रहने फिल्ममा लेखन तथा निर्देशन तुलसी घिमिरेको रहनेछ। यसमा ओजश्वी केसी निर्माता, प्रमोद प्रधान डिओपी, रञ्जित गजमेर सङ्गीत निर्देशक, भारती घिमिरे क्रिएटिभ निर्देशक रहेका छन्।
रिम्पोछे लामा थिङ्ग र सुरेश लामा थिङ्ग सह निर्माता रहेको फिल्म नेपालमा वैङ्क्टेश इन्टरटेनमेन्ट र डायस्पोरामा सेभेन सिज इन्टरनेशनल फिल्म्सले वितरण गर्नेछ। यसको टाइटल मोसन ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको छ।
Shares

प्रतिक्रिया