यतिखेर फिल्म ‘एक्टर’ कलाकारहरू प्रचारप्रचारमा व्यस्त छन्। विभिन्न सामग्रीहरू ल्याउँदै निर्माणटिमले फिल्मको प्रचारमा तीब्रता दिएको छ।
यस्तोमा निर्माणटिमले सार्वजनिक गरेको एक भिडिओले दर्शकको ध्यान खिचिरहेको छ।
भिडिओमा फिल्मका मुख्य कलाकार प्रदीप खड्का र आना शर्मा देखिन्छन्। प्रदीप जेरी बोकेर आनाछेउ पुग्छन्। र, आनालाई जेरी खान भन्छन्।
तर, आनाले जेरी मन नपर्ने भन्दै अस्वीकार गर्छिन्। जेरीमा चिनी धेरै हुने बताउँदै उनले नाक खुम्चाउँछिन् र खान मान्दिनन्। प्रदीपले एक्टर भएपछि यस्तै हो भन्दै हाँस्छन्। र, एक्टर माघ १६ भन्दै आफ्नो फिल्मको प्रचार गर्छन्।
यो ‘एक्टर’ को प्रचार सामाग्री भएपनि घुमाउरो पाराले फिल्म ‘जेरी अन टप’ लाई निशाना हानेको देखिन्छ। किनकी ‘जेरी अन टप’ बाट निकालेपछि आना निकै असन्तुष्ट छिन्।
जसकारण उनलाई ‘जेरी’ नामसँगै एलर्जी रहेको भन्दै दर्शकले कमेन्ट गरिरहेका छन्। सन् २०१४ मा रिलिज भएको ‘जेरी’ बाट आनाले फिल्मक्षेत्रमा डेब्यु गरेकी थिइन्।
Shares

प्रतिक्रिया