कला


सैफ अली खानलाई चक्कु प्रहार गर्ने व्यक्ति पक्राउ

सैफ अली खानलाई चक्कु प्रहार गर्ने व्यक्ति पक्राउ

नेपालखबर
माघ ६, २०८१ आइतबार ११:५९, काठमाडौँ

बलिउड अभिनेता सैफ अली खानलाई चक्कु प्रहार गर्ने व्यक्ति पक्राउ परेका छ्न।  प्रहरीले पक्राउ गरेर उनको परिचय सार्वजनिक गरिएको हो। 

प्रहरीका अनुसार आरोपीको वास्तविक नाम मोहम्मद शरीफुल इस्लाम शहजाद हो, जो ३० वर्षका हुन। उनी विजोय दास नाम राखेर मुम्बइमा बस्दै आएको बताइएको छ। 

प्रहरीले शनिबार राति २ बजे ठाणेबाट एक आरोपीलाई पक्राउ गरेको थियो। मुम्बई प्रहरीले आइतबार बिहान पत्रकार सम्मेलन गरेको छ। आरोपी चोरको घरमा चोरी गर्ने नियतले प्रवेश गरेको बताइएको छ। 

उनीसँग भारतको कुनै पनि वैध कागजात छैन। उनको साथबाट फेला परेको कुराका आधारमा उनी बंगलादेशी भएको आशंका गरिएको छ।

उनी पहिलो पटक सैफको अपार्टमेन्टमा प्रवेश गरेका थिए। उनी ५–६ महिनाअघि मुम्बई आएका थिए। यहाँ उनी हाउसकिपिङ एजेन्सीमा काम गर्छन्। 

तर, सैफमाथि सोही अभियुक्तले आक्रमण गरेको हो वा होइन भन्नेबारे प्रहरीले स्पष्ट पारेको छैन। आक्रमणमा उनी एक्लै थिए वा उनीसँगै अरु पनि थिए भन्ने प्रश्नमा मिडियाले भने–अनुसन्धान भइरहेको छ ।

प्रहरीले अभियुक्तलाई आज अदालतमा पेश गरी हिरासतमा राखेर अनुसन्धान गरिने जनाएको छ । यसअघि शनिबार प्रहरीले छत्तीसगढको दुर्गबाट ​​एकजना संदिग्धलाई पक्राउ गरेको थियो। प्रहरीले हालसम्म करिब ५० जनालाई सोधपुछ गरिसकेको छ। यस विषयमा ३५ टोली खटाइएको थियो।

१५ जनवरीको दिन राति २ बजे सैफ अलि खानमाथि चक्कु प्रहार भएको थियो। आरोपीले सैफमाथि चक्कु प्रहार गरेका थिए । उनको घाँटी, ढाड, हात र टाउको सहित ६ स्थानमा छुरा प्रहार गरिएको थियो। उनलाई राति नै अस्पताल लगिएको थियो। शल्यक्रियापछि सैफ अली अस्पतालबाट डिस्चार्ज भइसकेका छन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad