कला


फागुन २४ गते भक्तपुरमा गुञ्जिदै सुशान्त केसी

फागुन २४ गते भक्तपुरमा गुञ्जिदै सुशान्त केसी

नेपालखबर
माघ ७, २०८१ सोमबार १३:५५, काठमाडौँ

चर्चित गायक सुशान्त केसी आउँदो मार्च ८ मा भक्तपुरको सल्लाघारी ग्राउन्डमा गुञ्जिने भएका छन्। सुशान्तले फागुन २४ गते शनिबार करिब साढे दुई वर्षपछि नेपालमा आफ्नो प्रस्तुति दिन लागेका हुन्।

आइतबार पत्रकार सम्मेलन गरेर सुशान्तले कन्सर्टबारे जानकारी दिएका हुन्। उनले लामो समयपछि काठमाडौँ उपत्यकामा हुन लागेको कन्सर्टलाई लिएर उत्साहित रहेको बताए।

काठमाडौँमा प्रस्तुति दिनु आफ्नो लागि सधैं विशेष भएको र आफू उत्साहित भएको जानकारी गराए। कन्सर्टमा सुशान्तले बार्दली, सारंगी, साथी र आमा लगायतका गीतहरूसँगै नयाँ सिर्जनाहरू पनि प्रस्तुत दिनेछन्। सुशान्तका अनुसार दर्शकले सो अवसरमा नयाँ एक ट्रयाक सुन्न पाउनेछन्। 

कन्सर्टका लागि टिकट मूल्य साधारण ९९०, फ्याराफिट १४९९ र भीआइपी २४९९ रुपैयाँ तोकिएको छ। खल्ती एपले आइतबारदेखि नै टिकट बिक्री सुरु भइसकेको जनाएको छ।

आयोजकले कन्सर्टमा करिब १५ हजार दर्शक उपस्थित हुने अपेक्षा गरेको छ। कन्सर्टको सुरक्षा प्रबन्ध चुस्त बनाउन स्थानीय प्रशासनसँग समन्वय गरिएको आयोजकले जनाएको छ।

एसकेसी इंक र द रोयल नेपाल इभेन्ट्सको संयुक्त आयोजनामा हुने यस कन्सर्टलाई भव्य बनाउन विभिन्न व्यवस्थाहरू मिलाइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad