कला


अभिनेत्री ममता कुलकर्णीले लिइन् सन्न्यास, बनिन् ‘माई ममता’

अभिनेत्री ममता कुलकर्णीले लिइन् सन्न्यास, बनिन् ‘माई ममता’

किन्नर अखाडामा सन्न्यास लिएपछि अभिनेत्री ममता कुलकर्णी (दायाँ)


नेपालखबर
माघ १२, २०८१ शनिबार ११:४३, काठमाडौँ

९० को दशककी फिल्म अभिनेत्री ममता कुलकर्णीले शुक्रबार प्रयागराजमा जारी कुम्भ मेलाबाट आफ्नो आध्यात्मिक यात्रा सुरु गरेकी छन्।

समाचार वेबसाइट द हिन्दुका अनुसार उत्तर प्रदेश सरकारले उनलाई अब माई ममता नन्द गिरीको नामले चिनिने बताएको छ।

उत्तर प्रदेश सरकारले जारी गरेको विज्ञप्तिमा ममता कुलकर्णीले कुम्भ मेलामा किन्नर अखाडामा सन्न्यास लिएपछि उनलाई नयाँ नाम दिइएको हो।

पिण्ड दान गरेपछि उनलाई किन्नर अखाडामा अभिषेक गरिएको थियो।

मिडियासँग कुरा गर्दै अभिनेत्री ममता कुलकर्णीले भनिन्, 'यो महादेव महाकाली र मेरो गुरुको आदेश थियो।'

आकाशतिर औंल्याउँदै उनले थपिन्, "आज उहाँले रोजेको दिन हो, मैले केही गरिनँ।"

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad