कला


१९ वर्षको उमेरमा फिल्म साइन गरिसकेपछि प्रियंकासँग जब निर्देशकले गलत ‘डिमान्ड’ गरे

१९ वर्षको उमेरमा फिल्म साइन गरिसकेपछि प्रियंकासँग जब निर्देशकले गलत ‘डिमान्ड’ गरे

प्रियंका चोपडा


नेपालखबर
माघ २१, २०८१ सोमबार ८:४७, काठमाडौँ

प्रियंका चोपडा स्पष्ट बोल्ने अभिनेत्रीका रूपमा परिचित छिन्। हालै एक अन्तर्वार्तामा उनले आफ्नो फिल्मी करिअरका सुरुवाती दिनको एक घटना सुनाएकी छन्।  

उनका अनुसार उनले १९ वर्षको उमेरमा एउटा फिल्म साइन गरेकी थिइन्। तर निर्देशकले उनलाई यति छोटो लुगा लगाउन भने कि उनले त्यो फिल्म नै छाडिन् र त्यो व्यक्तिको अनुहार फेरि कहिल्यै नहेर्ने निर्णय गरिन्।

फोर्ब्स पावर वुमेन्स समिटमा बोल्दै प्रियंका चोपडाले उक्त खुलासा गरेकी हुन्। त्यतिबेला निर्देशकले उनलाई आफ्नो भूमिकाका लागि कस्तो प्रकारको लुक्स चाहिन्छ भनेर आफ्नो स्टाइलिस्टसँग कुरा गर्न भने।

प्रियंकाका अनुसार, निर्देशकले स्टाइलिस्टलाई भनेका रहेछन्- उनले आफ्नो प्यान्टी देखाए भने मात्र मानिसहरू थिएटरमा आउनेछन्, त्यसैले उनको पहिरन खुल्ने हुनुपर्छ।

प्रियंकाले अगाडि भनिन्, ‘निर्देशकले यो कुरा चारपटक भने, तर जब उनले हिन्दीमा यही कुरा भने, मलाई घृणा लाग्यो, जसका कारण मेरो मन नराम्ररी भाँचियो। सोचेँ- केही मानिस महिलाबारे यति नराम्रो सोच कसरी राख्न सक्छन्!’

यसपछि उनी घर फर्किन् र आमासँग भनिन्, ‘अब म त्यो निर्देशकको अनुहार हेर्न पनि सक्दिनँ। यति मात्र होइन, यदि महिलाका विषयमा यस्तो सोच्छन् भने म उनीसँग कहिले काम गर्न चाहन्नँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad