हरिवंश आचार्यको मुख्य भूमिका रहेको फिल्म ‘हरिबहादुरको जुत्ता’ को शुभमुहूर्तसँगै छायांकन सुरु भएको छ। सोमबार बिहान भक्तपुरको सूर्यविनायक मन्दिरमा पूजा गर्दै शंखुबाट सुटिङ सुरु गरिएको हो।
कलाकार आचार्यले फिल्मको सुटिङ सुरु भएको जानकारी गराए। पनौतीस्थित शंखु आचार्यको कर्मथलोसमेत हो।
काभ्रे र काठमाडौँमा विभिन्न स्थानमा हुने छायांकन ४५ दिनसम्म चल्नेछ। पहिलो दिन हरिवंश र उनकी श्रीमतीको भूमिका निर्वाह गर्ने कलाकार रोशनी सापकोटाको दृश्यसँगै फिल्मको सुटिङ सुरु भएको निर्माण टिमले जनाएको छ।
दीपेन्द्र के खनालको निर्देशन रहेको फिल्ममा हरिवंशसहित स्वस्तिमा खड्का, प्रकाश सपुत, प्रियंका कार्की, किरण केसी, मुरलीधरलगायतको अभिनय छ।
एसएम मोसन पिक्चर्सको ब्यानरमा बन्ने फिल्मको निर्माता सरोज ओली र मोहितवंश आचार्य हुन्। सुटिङ सकिएपछि प्रदर्शन मिति तोकिने निर्माण टिमले जनाएको छ।
Shares

प्रतिक्रिया