कला


‘दुःखी आत्मा’को ट्रेलर सार्वजनिक

‘दुःखी आत्मा’को ट्रेलर सार्वजनिक

नेपालखबर
माघ २१, २०८१ सोमबार १८:०, काठमाडौँ

फिल्म ‘दुःखी आत्मा’को ट्रेलर सार्वजनिक भएको छ। सार्वजनिक ट्रेलरले फिल्मको कथासारबारे संकेत गर्छ।

फिल्मको ट्रेलरबाट मुख्य भूमिकामा रहेका दयाहाङ राईलाई कवि हुन्छन्। तिनै कविले यौन समस्याका कारण प्रेमसम्बन्धमा भोग्नुपरेको सास्ती र बेइज्जतीलाई ट्रेलरमा समेटिएको छ। ट्रेलरले पात्रको मनोविज्ञानलाई समेट्ने कोशिस गरेको छ। एडल्ट ड्रामा रहेको फिल्ममा प्रशस्तै द्विअर्थी संवादहरु राखिएका छन्।  

साथै सार्वजनिक ट्रेलरमा दया र आँचल शर्माबीचको प्रेम, नोकझोक र प्रेमभाव समेटिएको छ।

यसअघि टिजर, गीतसंगीत र ब्रेकअप कविताका कारण दर्शकको ध्यान तान्न सफल भएको थियो। दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्ममा हिमाल कडरियाको लगानी छ । सुदिप ढकाल कार्यकारी निर्माता रहेको फिल्ममा आलोक शुक्लाको छायांकन, निमेष श्रेष्ठको सम्पादन छ।

यस फिल्ममा श्रवण मुकारुङका १० कविता समावेश गरिएको छ। फिल्ममा दयाहाङ, आँचल र दियासहित अनुप विक्रम शाही, वुद्दि तामाङ, रेयर राई, पुष्कर गुरुङ, कविता आले, आरती आचार्य, लोकेन्द्र लेखक, आशान्त शर्मा, लुनिभा तुलाधर लगायतका कलाकारहरुको अभिनय छ।

क्लर्क वर्क क्रियशनको व्यानरमा निर्माण भएको यो फिल्म फागुनको २ गते प्रेम दिवसको अवसर पारेर रिलिजमा आउँदैछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad