आगामी फागुन २ गतेबाट रिलिज हुने फिल्म ‘रंगी’को शीर्ष गीत ‘रंगी’ सार्वजनिक भएको छ। ओएसआर डिजिटलबाट सार्वजनिक गीतमा आमेश भण्डारी र समिक्षा अधिकारीको स्वर सुन्न सकिन्छ। आमेशकै शब्द र संगीत रहेको रोमन बज्राचार्यको एरेन्ज गरेका हुन्। अविनाश चौलागाईंको प्रोग्रामिङ, मिक्सिङ र मास्टरिङ छ।
गीतको भिडिओमा सलोन बस्नेत र मलिका महत फिचर्ड छन्। भ्यालेन्टाइन लक्षित गीत रोमान्टिक फ्लेभरको छ। चिया बेच्दै हिँडेकी मलिकासँग सलोनको भेट र त्यसपछि उनीहरुबीच अंकुराएको प्रेमलाई गीतमा देखाइएको छ। सलोन र मलिकालाई प्रेम, विवाह र सन्तानको अभिभावक बन्ने अवस्थासम्मको दृश्य गीतमा हेर्न सकिन्छ।
निर्माण पक्षले हालसम्म मलिकाको नाम गोप्य नै राखेको थियो। सलोनकी श्रीमति को हुन्छिन् भन्ने कौतुहलता यो गीतले मेटाइदिएको छ। गीतमा कविराज गहतराजको कोरियोग्राफी छ।
सान्भी इन्टरटेनमेन्ट प्रालिको व्यानरमा निर्माण भएको फिल्मबाट सुरेश न्यौपानेको निर्देशनमा ‘डेब्यू’ गरेका हुन्।
फिल्ममा सक्षम सुवेदी, करिश्मा केसी बस्नेत र अनिश गौतम निर्माता रहेको फिल्ममा सलोन बस्नेत, नम्रता श्रेष्ठ, मलिका महत, दिलीप रायमाझी, आयुषी ढकाल, उत्तम केसी, सुमिन गुरुङ, र विशाल पहारीको अभिनय छ। फिल्ममा सुमन गजमेरको लेखन, सौरभ लामाको छायांकन रहेको छ।
फिल्मलाई एप्पल इन्टरटेनमेन्ट, एफडी र रिच इन्टरटेनमेन्टले वितरण गर्दैछ।
Shares

प्रतिक्रिया