गायक हेमन्त शर्माको गीत ‘नम्बरी सुन हो नि म त’ ट्रेन्डिङको पहिलो नम्बरमा आएको छ। १३ दिनअघि सार्वजनिक भएको यो गीत म्युजिक तर्फको ट्रेन्डिङको शीर्ष स्थानमा छ।
गीतमा हेमन्तसहित चर्चित गायिका शान्तिश्री परियारको स्वर सुन्न सकिन्छ। टिकटकमा चर्चा बटुलिरहेको यस गीतलाई युट्युवमा १२ लाख पटक हेरिएको छ।
हेमन्तकै शब्द र संगीत रहेको गीतलाई गीतलाई कृष्ण विके (भान्जा) ले एरेन्ज गरेका हुन्। गीतमा श्यामश्वेत रसाइलीको साउन्ड इडिटिङ, मिक्सिङ र मास्टरिङ छ।
हेमन्त शर्मा युट्युव अकाउन्डमार्फत सार्वजनिक गरिएको गीतमा केटाकेटीबीचको प्रेमिल भाव प्रस्तुत गरिएको छ। गीतको भिडिओमा हेमन्तसहित डोना थापा मगर, जुना विश्वकर्मा, अरुण थापा मगर लगायतको अभिनय छ। भिडिओमा मौसम हिमालीको कोरियोग्राफी र निर्देशन रहेको छ।
वुद्ध थापाको टिमले खिचेको भिडिओलाई अमृत चापागाईंले सम्पादन गरेका हुन्।
Shares

प्रतिक्रिया