कला


जल शाहकी छोरी कलशले जन्मदिनमा काभ्रेका ५५ विद्यार्थीलाई गरिन् सहयोग

जल शाहकी छोरी कलशले जन्मदिनमा काभ्रेका ५५ विद्यार्थीलाई गरिन् सहयोग

विद्यार्थीलाई सहयोग सामग्री प्रदान गर्दै जल शाहकी छोरी कलश शाह।


नेपालखबर
माघ २३, २०८१ बुधबार १२:२३, काठमाडौँ

चर्चित अभिनेत्री जल शाहकी छोरी कलशले आफ्नो जन्मदिनका अवसरमा काभ्रेका ५५ जना विपन्न विद्यार्थीलाई सहयोग गरेकी छन्।

१६ वर्षीया कलशले काभ्रेको चौँरी देउराली गाउँपालिकाका चार विद्यालयमा अध्ययनरत विद्यार्थीलाई जाडोका कपडा, शैक्षिक सामग्री, स्यानिटरी प्याड, हर्लिक्ससहितका खाद्य सामग्री बाँडेकी हुन्। 

आफ्नो पकेट मनी र पार्टटाइम कामबाट संकलित रकममार्फत कलशले दुई विद्यार्थी करिश्मा मगराती र युनिक कोइरालाको वर्षभरिको विद्यालय शुल्क स्वरूप जनही ३५ हजार रुपैयाँ प्रदान गरिन्। 

सानैदेखि समाजसेवामा रुचि राख्ने कलशले ‘शिक्षा फाउन्डेसन’ सुरु गर्दै विपन्न विद्यार्थीलाई सहयोग गर्न थालेकी हुन्। 

उनले भनिन्, ‘विद्यार्थीहरूलाई भेटेर सहयोग गर्न पाउँदा निकै खुसी लागेको छ। आगामी दिनमा पनि यस्ता कार्यलाई निरन्तरता दिनेछु, मलाई सबैले आशीर्वाद र हौसला दिनुहोला।’ 

अभिनेत्री जल शाहले पनि छोरीको समाजसेवाप्रति गर्व व्यक्त गर्दै कलशको इच्छालाई पूर्ण रूपमा साथ दिने बताइन्।

आगामी दिनमा यो अभियानलाई अझ व्यापक बनाइने उनको भनाइ छ।

सहयोग सामग्री पाउँदा विद्यार्थी खुसी भएका छन्।

सो अवसरमा उनीहरूले गीत गाएर कार्यक्रमलाई थप रमाइलो बनाए।

सञ्चारकर्मी उत्सव रसाइलीले आफ्नै जन्मगाउँमा जल शाह र उनकी छोरीको उपस्थिति रहनु गर्वको विषय भएको बताउँदै गाउँलेहरूसँग उनीहरूको चिनजानसमेत गराए।

थप तस्बिर-

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad