कला


यस्तो छ फिल्म ‘हन्टर’ मा अरुणको क्यारेक्टर लुक्स

यस्तो छ फिल्म ‘हन्टर’ मा अरुणको क्यारेक्टर लुक्स

नेपालखबर
माघ २३, २०८१ बुधबार १६:११, काठमाडौँ

फिल्म ‘हन्टर’को मुख्य पात्रको क्यारेक्टर लुक्स सार्वजनिक गरिएको छ। मुख्य पात्र अरुण क्षेत्रीको जन्मदिनको अवसर पारेर क्यारेक्टर लुक्स सार्वजनिक गरिएको हो।

पोस्टरमा अरुणलाई देख्न सकिन्छ। उनी चिउँडोमा हात राखेर तनावमा देखिएका छन्। उनको अनुहारमा रगत लतपतिएको छ। जसले उनी एक्सन भूमिकामा देखिने लागेको छनक दिन्छ।

केही महिनाअघि निर्माण घोषणा गरिएको फिल्ममा अन्य कलाकार कोको रहने हालसम्म खुलाइएको छैन। यसै फिल्मबाछ जीवन सिंहले निर्देशनमा डेब्यु गर्दैछन्।

क्याच कुक इन्टरटेनमेन्ट प्रालिको प्रस्तुतिमा निर्माण हुने चलचित्रले सुदूरपश्चिमको कथा भन्नेछ। चलचित्र एक्सन मनोरञ्जनात्मक हुने निर्देशक सिंहले बताए।

हन्टर रियल पात्रको कथाबाट इन्स्पायर रहने निर्देशकको दाबी छ। यद्यपि, चलचित्र सिनेम्याटिक लिवर्टी बनाउने उनको भनाइ छ।

चलचित्रमा पिक एजुकेसन नेटवर्क र ट्राइडेन्ट कन्सेप्टको सहकार्य रहनेछ। ममता सिङ्ग, राजा भट्ट निर्माता रहेको चलचित्रमा मनीष चन्द र गोविन्द राज सह निर्माता रहेका छन्।

यस सिनेमाका रोयल भिमसेन कार्यकारी निर्माता रहेका छन्। प्रि–प्रोडक्सनमा रहेको चलचित्रको छायांकन पश्चिम नेपालमा हुनेछ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad