कला


‘दुःखी आत्मा’बारे दया भन्छन् : यौन स्वास्थ्यको कथा भन्न जरुरी छ

‘दुःखी आत्मा’बारे दया भन्छन् : यौन स्वास्थ्यको कथा भन्न जरुरी छ

नेपालखबर
माघ २४, २०८१ बिहिबार १४:१५, काठमाडौँ

फागुनको २ गतेबाट रिलिज हुने फिल्म ‘दुखी आत्मा’को टिजर, ब्रेकअप कविता र ट्रेलरको निकै चर्चा छ। फिल्मको प्रचार सामाग्री हेरेपछि यसलाई लिएर विभिन्न टीकाटिप्पणी भइरहेका छन्। 

कतिपयले अभिनेता दयाहाङ राईलाई यस्तो कथामा फिल्म किन गरेको भनेर पनि भन्दै सोधिरहेका छन्। कतिपयले दयाले बल्ल फरक कथामा फिल्म खेलेको भनिरहेका छन्। 

यस्तोमा दयाहाङले यो फिल्म यौन स्वास्थ्यसँग सम्बन्धित रहेको बताए। 

‘मानसिक स्वास्थ्यको विषयमा पनि हामी बल्लबल्ल खुल्न थालेका छौं। हाम्रो परिवारका सदस्यहरू बल्ल स्वास्थ्य सम्बन्धी विषयमा कुरा गर्न थालेका छन्। यौन त हाम्रो निजी कुरा हो। यो कुरालाई हामीले गोप्य राख्छौं। तर, यो चासोको विषय भने हो। भारतमा पनि ४० वर्ष अगाडि मात्र फिल्ममा कथा भन्न थालिएको हो। यो विषयमा मानिसहरूलाई जानकारी हुनुपर्छ भन्ने मलाई लाग्छ। छलफल कोसँग गर्ने भन्ने आफ्नो ठाउँमा होला,’ उनले भने। 

दयाले यो फिल्ममा काम गर्दै गर्दा यो चिजले अप्ठ्यारो पार्ला, गाह्रो पार्ला भन्ने आफ्नो दिमागमा नआएको सुनाए। 

उनले भने, ‘साथीहरूले यस्तो फिल्म किन खेलेको भन्नुहुन्छ। खेल्दा कस्तो लाग्यो पनि भन्नुहुन्छ। तर, मलाई त कस्तो पनि लागेन भन्छु। एउटा कलाकारले यो चिज गर्नुहुन्छ या गर्नुहुँदैन भन्ने व्यक्तिगत सोच हो। मेरो फिल्म पहिले स–परिवार हेर्न जानुहुन्थ्यो। यसपटक अलग–अलग भएर जानुपर्छ। यसो गर्दा सहज हुन्छ पनि।’

दयाले एउटा सुन्दर समाज हुनका लागि स्वस्थ समाज हुनुपर्ने तर्क गरे।

‘यसैले, मलाई यो कथा पनि भन्नुपर्छ भन्ने लागेर खेलेको हो। फिल्मको टिजर आउँदा मेरो केही असहमति थियो। किनकी, यो फिल्मले जे ‍विषयवस्तु उठान गरेको छ त्यो टिजरमा देखाइएको कुरा मात्र होइन। त्यहाँ पूरा संवाद राखिएको छ। तर, यसको कथावस्तु भन्नुपर्ने विषय हो’ दयाले भने।

दीपेन्द्र लामाको लेखन तथा निर्देशन रहेको फिल्ममा दयाहाङसहित आँचल शर्मा, अनुपविक्रम शाही, बुद्धि तामाङलगायतका कलाकारहरूको अभिनय छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad