सोसल मिडिया इन्फ्लुएन्सर अपूर्वा मखिजा बुधबार (फेब्रुअरी १२) मुम्बईको खार पुलिस स्टेसनमा उपस्थित भएकी छन्।
भारतीय सञ्चारमाध्यमका अनुसार यो मामिला 'इन्डियाज गट लेटेन्ट' कार्यक्रमसँग सम्बन्धित छ।
यस घटनामा युट्युबर रणवीर इलाहाबादिया, अपूर्वा, हास्य कलाकार समय रैना र कार्यक्रमका आयोजकविरुद्ध जाहेरी दर्ता गरिएको छ।
उनीहरूले कार्यक्रममा अपमानजनक भाषा प्रयोग गरेको आरोप छ।
हास्य कलाकार समय रैनाको कार्यक्रम 'इन्डियाज गट लेटेन्ट'को एक एपिसोडमा युट्युबर रणवीर इलाहाबादिया पनि देखिएका थिए।
त्यस क्रममा रणवीरले एक प्रतियोगीलाई उनका आमाबाबुको व्यक्तिगत सम्बन्धबारे आपत्तिजनक टिप्पणी गरेका थिए।
जसविरुद्ध व्यापक आलोचना भइरहेको छ। यस कार्यक्रममा युट्युबर आशिष चञ्चलानी र अपूर्वा माखिजा पनि देखिएका थिए।
अनुसन्धानका क्रममा मुम्बई प्रहरीको टोली खार स्टुडिओ पुगेको थियो।
भिडिओ-
#WATCH | Mumbai | Social media influencer Apoorva Mukhija today appeared before police in Khar police station, in the case related to the show India's Got Latent.
— ANI (@ANI) February 12, 2025
A complaint has been filed against YouTuber Ranveer Allahabadia, social media influencer Apoorva Makhija, comedian… pic.twitter.com/1tuSD6is28
Shares

प्रतिक्रिया