बाल साहित्यकार रामबाबु सुवेदीको बालगीत ‘आफूसित आफैँ दंग’ सार्वजनिक गरिएको छ।
बालबालिकालाई आफ्नो काम आफैँ गर्न सिकाउने शैक्षिक चेतनामूलक गीतलाई रामबाबु सुवेदी युट्युब च्यानलमार्फत रिलिज गरिएको छ। डियरवाक स्कुलमा एक कार्यक्रमका बीच गीतको भिडियो विमोचन गरिएको हो।
रामबाबु सुवेदीको शब्द रचना रहेको यस गीतमा दीपक शर्माले संगीत भरेका छन्। नरेन्द्र वियोगीको संगीत संयोजन र मिक्सिङ छ। गीतले बालबालिकालाई समयको सदुपयोग गर्ने प्रेरणा दिन्छ।
बालगीतमा डियरवाक सिफल स्कुलका बालबालिकाले गायन र अभिनयमा गरेका छन्। गीतमा इधा बिष्ट, अभिन्या घिमिरे, आइशा पिया, युग श्रेष्ठ, सुजीभ सापकोटा र रिवान शाक्यको स्वर छ। समयको महत्त्व बुझ्नुपर्छ, स्वस्थ रहनुपर्छ र फुर्तिलो हुनुपर्छ भन्ने भाव बोकेको छ।
गीतको भिडिओमा आर्यभ डङ्गोल, पारिका श्रेष्ठ, ओश्ना छेत्री, सुरुची बिमली,आध्या ढुङ्गाना, अनया पराजुली, मेधान्सी भट्टराई ,प्रिन्सा खतिवडा लगायतको अभिनय छ। यो भिडिओ आचार्य गोपालको परिकल्पना र निर्देशन तयार भएको हो। गीतमा सुनील भण्डारीको छायांकन, वीरबहादुर थारुको सम्पादन छ।
गीतकार सुवेदीले बालबालिकाहरूले गीत हेरेर, सुनेर असल बानीको बिकाश गरून् भनेर सिर्जना गरिएको बताए। त्यस्तै, अतिथि साहित्यकार प्राज्ञ अमर न्यौपानेले सकारात्मक संदेश दिने यस बालगीत निकै उपयोगी सुनाए।
भिडिओ:
Shares

प्रतिक्रिया