फागुनको १४ गतेबाट प्रदर्शन हुने फिल्म ‘मायाबी’ को ट्रेलर सार्वजनिक भएको छ। ३ मिनेट लामो ट्रेलरमा पल शाह र दीपिका प्रसाईंबीचको प्रेम, त्यसमा आउने उतारचढाव र वियोगको कथालाई समेटेको छ।
पल र दीपिकासहित सुशिल सिटौला, करिष्मा श्रेष्ठ र नव–नायक समिम खानलाई पनि ट्रेलरमा मुख्य स्थान दिइएको छ।
दिवाकर भट्टराइको लेखन तथा निर्देशन रहेको यस फिल्ममा धु्रव न्यौपाने, राज कटुवाल र चन्द्र पन्तको लगानी छ।
फिल्मको ट्रेलर रिलिज कार्यक्रममा यसका कलाकारहरुले फिल्म निर्माण गर्दाको दुख र रमाइलो पल सेयर गरेका थिए। निर्देशक दिवाकर भट्टराइले फिल्म निर्माणको समयमा पाएको दुस्ख शेयर गर्दै गर्दा धेरैका आँखा रसाएका थिए।
फिल्मले दर्शकलाई निराश नबनाउने र सबैको अगाडि छाती खोलेर प्रिमियर गर्ने निर्देशक दिवाकर भट्टराइले बताए। नायक पल शाहले आफ्नो माया गर्ने जो कोहीसँग पनि यो फिल्म हेर्न जान आग्रह गरे।
फिल्म ‘मायाबी’ले लभ स्टोरी फिल्मको निर्माणमा नयाँ आयाम थप्ने विश्वास गरिएको छ।
यस्तै, क्रियटिभ सिने आर्टस् प्रा।लिको प्रस्तुतिमा तयार भएको फिल्ममा नेम महर्जनको पनि लगानी छ। फिल्ममा प्रशान्त ताम्राकार, लक्ष्मी गिरी, अंशु महर्जन, राजाराम पौडेल, रवि डंगोल, रमा प्रसाईं, दिपेन्द्र सिंखडा, संगीता सिलवालको पनि अभिनय छ।
Shares

प्रतिक्रिया