आज (शुक्रबार) नेपाली सिनेमाहलमा दुइ स्वदेशी र दुइ विदेशी फिल्म प्रदर्शनमा आएका छन्। नेपालीतर्फ ‘दुखी आत्मा’, ‘रंगी’ रिलिज हुँदा बलिउड फिल्म ‘छावा’ र ‘क्याप्टेन अमेरिकास् व्रेभ न्यू वर्ल्ड’ हलमा लागेका हुन्।
हिमाल कडरियाको निर्माण तथा सुदिप ढकाल कार्यकारी निर्माता रहेको फिल्मलाई बिहिबार भएको प्रिमियर शोमा रुचाइएको छ।
त्यसैगरि, सलोन बस्नेतको डेब्यु निर्माण रहेको फिल्म ‘रंगी’ बाबुछोरीको कथामा आधारित छ। सुरेश न्यौपानेको ‘डेब्यू’ निर्देशन रहेको सलोनसहित नम्रता श्रेष्ठ, दिलीप रायमाझी, आयुषी ढकाल, उत्तम केसी, सुमिन गुरुङ, र विशाल पहारीको अभिनय छ।
सक्षम सुवेदी, करिश्मा केसी बस्नेत र अनिश गौतमको निर्माण रहेको फिल्ममा सुमन गजमेरको लेखन, सौरभ लामाको छायांकन छ।
विक्की कौशल र रश्मिका मन्दानाको मुख्य भूमिका रहेको बलिउड फिल्म ‘छावा’ पनि रिलिज भएको छ। एक्सन ड्रामा यस फिल्म लक्ष्मण उतेकारले निर्देशन गरेका हुन्। फिल्ममा छत्रपति शिवाजी महाराजको कथा छ।
हलिउड फिल्म ‘क्याप्टेन अमेरिकास् व्रेभ न्यू वर्ल्ड’ साम विल्सन पहिलोपटक मुख्य भूमिकामा देखिएका छन्। एक्सन एड्भेन्चर जनरामा बनेको यो फिल्म हलिउडको चर्चित श्रृंखला समेत हो।
Shares

प्रतिक्रिया