नीलकण्ठ प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित बागमती प्रदेशस्तरीय लघुकथा प्रतियोगितामा डा. टीकाराम पोखरेलको ‘डोजर र मान्छे’ प्रथम भएको छ।
प्रतियोगितामा डा. अजय रिसालको ‘प्रेमकी देवी’ लघुकथा द्वितीय, धन्वन्तरी मिश्रको ‘विकृत प्रदूषण’ लघुकथा तृतीय र गङ्गा बस्नेत खड्काको ‘गरिमा’ लघुकथाले सान्त्वना पुरस्कार प्राप्त गरेका छन्।
प्रतियोगिताका विजयी श्रष्टाहरूलाई पुरस्कार वितरण गरिएको छ।
प्रथम, द्वितीय, तृतीय र सान्त्वना पुरस्कारको राशी क्रमशः २० हजार, १५ हजार, १० हजार र ५ हजार रहेको आयोजकले जनाएका छन्।
पुरस्स्कृत श्रष्टाहरूलाई नीलकण्ठ नगरपालिकाका मेयर भीमप्रसाद ढुंगाना, काठमाडौँ विश्वविद्यालयका भाषा तथा आमसन्चार विभागीय प्रमुख डा. निर्मलमणि अधिकारी र प्रतिष्ठानका अध्यक्ष बद्रीप्रसाद दाहालले पुरस्कार वितरण गरे।
कार्यक्रममा पुरस्कृत श्रष्टाहरूले आआफ्ना कथा वाचन गरेका थिए।
Shares

प्रतिक्रिया