कला


फेसबुकमा ‘मायावी’को पोस्टर सेयर नगर्दा निश्चललाई गालीको वर्षा

फेसबुकमा ‘मायावी’को पोस्टर सेयर नगर्दा निश्चललाई गालीको वर्षा

फाइल तस्बिर: निश्चल बस्नेत


नेपालखबर
फागुन १३, २०८१ मंगलबार १२:१८, काठमाडौँ

सोमबार राति निर्देशक निश्चल बस्नेतले फेसबुकमा एक पोस्ट राखे।

जसमा उनले ‘लाज शरणम्’ र ‘फेरि रेशम फिलिली’ पोस्टर सेयर गर्दै अग्रिम बधाई दिए।

‘बुकिङ खुल्यो है। दुवै रमाइलो होलाजस्तो छ। तपाईंहरू पहिला कुन हेर्ने?’ उनले लेखे।

तर, भोलिबाटै रिलिज हुने अर्को फिल्म ‘मायावी’को पोस्टर नराखेपछि निश्चलप्रति फ्यानहरू आक्रोशित छन्।

निश्चलले पल शाह र दीपिका प्रसाईं अभिनीत फिल्म ‘मायावी’लाई पक्षपात गरेको भन्दै फ्यानहरू रिसाइरहेका छन्।

‘मायावीलाई पक्षपात गर्नु नै तपाईंले आफ्नो असली परिचय दिनु हो। मै ठूलो भन्ने घमण्ड छोड्नुहोस्’, सामाजिक प्रयोगकर्ताले लेखेका छन्।

त्यस्तै अर्को प्रयोगकर्ता लेख्छन्, ‘मायावी फिल्म पनि आजै लाग्ने हैन र बस्नेत जी? यसरी पक्षपात गरेर कसरी चल्छ फिल्म उद्योग? स्वार्थीहरूको झुन्ड। सबैले सबैलाइ सपोर्ट साथ दिन सिक। घमण्डको बेलुन धेरै टिक्दैन रे। सबै फिल्मलाई शुभकामना सबै फिल्म हिट हुनुपर्छ।’

भोलि बुधबार शिवरात्रीको अवसरमा यी तीनवटै फिल्म सिनेमाहलमा लाग्दै छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad