कला


युट्युवको ट्रेन्डिङ ‘होस्टेल ३’ को ट्रेलरको कब्जामा

युट्युवको ट्रेन्डिङ ‘होस्टेल ३’ को ट्रेलरको कब्जामा

नेपालखबर
फागुन १३, २०८१ मंगलबार १६:०, काठमाडौँ

गत शुक्रवार सार्वजनिक भएको ‘होस्टेल ३’ ट्रेलरले राम्रो चर्चा पाइरहेको छ। रिलिजको ६ घण्टामै युट्युबको ट्रेन्डिङ यात्रा सुरु गरेको ट्रेलरले २१ घण्टामा नै १० लाख भ्युज प्राप्त गरेको थियो। 

नेपालमा फिल्म सेक्सनमा पहिलो स्थानमा र करिब १५ वटा देशमा ट्रेन्डिङमा आएको थियो, जुन अहिलेसम्म पनि कायमै छ। हालसम्म ट्रेलरलाई साढे १७ लाख पटक हेरिएको छ।

यो ट्रेलर हाल नेपालको लागि युट्युबको मुख्य ट्रेन्डिङमा तेस्रो स्थानमा रहेको छ। मुख्य ट्रेन्डिङमा रहेका ५० वटा भिडियोहरूमा नेपाली मनोरञ्जनात्मक सामग्री ट्रेलर मात्र रहेको छ।

ट्रेलरले विशेष गरी सबै खाडी मुलुक, युरोपियन देशहरू, बेलायत, जापान, अस्ट्रेलिया तथा कोरियामा यसको उल्लेखनीय प्रभाव देखाएको छ। 

चलचित्रले भारतीय चलचित्र उद्योगहरूको विशाल संसारमा समेत ट्रेन्डिङमा प्रवेश गरी अर्को इतिहास कायम गरेको छ। यस्तै जापान, अस्ट्रेलिया, रोमानिया, माल्टा, मलेसिया, दक्षिण कोरिया तथा बेलायत लगायतका देशमा समेत ट्रेलर ट्रेन्डिङमा छ।

यो तथ्याङ्क हेर्दा यस चलचित्रको ट्रेलरले नेपालसहित नेपालीहरूको बसोबास रहेका विश्वका विभिन्न देशहरूमा उल्लेख्य प्रभाव छोडेको छ। चलचित्रका निर्देशक सशान कँडेलले चलचित्रको प्रचारात्मक सामग्रीलाई दर्शकले मन पराएकोमा खुसी व्यक्त गरे।

यस फिल्ममा पारस बम ठकुरी, सिम्रन पन्त, आशिष घिमिरे, पदम तामाङ, हेना नगरकोटी, रिहान गिरी, समा पराजुली मुख्य भूमिकामा छन्। अभिनेता प्रवीण खतिवडा वार्डेनको भूमिकामा छन् भने आशिष पुरुष, रोहन श्रेष्ठ, उमर खान र सन्तोष बानियाँ पनि चलचित्रमा रहेका छन्।

यस फिल्मको कथा माधव शर्माले लेखेका हुन्, जसले एसोसियट निर्देशकको भूमिका पनि निभाएका छन्। यो फिल्म फागुन २३ गतेबाट रिलिज हुँदैछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad