कला


गोविन्दाका वकिल भन्छन्: सुनिताले सम्बन्ध-विच्छेदका लागि निवेदन दिएकी थिइन् तर अहिले मिलिसके

गोविन्दाका वकिल भन्छन्: सुनिताले सम्बन्ध-विच्छेदका लागि निवेदन दिएकी थिइन् तर अहिले मिलिसके

फाइल तस्बिर: पत्नी सुनितासँग गोविन्दा


नेपालखबर
फागुन १४, २०८१ बुधबार २१:४, काठमाडौँ

बलिउड अभिनेता गोविन्दा र उनकी श्रीमती सुनिता आहुजाबीच अहिले मेलमिलाप भएको छ। यो जानकारी अभिनेताका वकिल ललित विन्दलले बुधबार दिएका हुन्।

सुनिताले ६ महिनाअघि पारिवारिक अदालतमा सम्बन्ध विच्छेदका लागि निवेदन दिएको भए पनि अहिले दुईबीचको विवाद समाधान भएको उनको दाबी छ। 

ती वकिलले इन्डिया टुडेसँग भनेका छन्- गोविन्दा र सुनिता यस वर्ष नयाँ वर्ष मनाउन नेपाल गएका थिए। दुवैले पशुपतिनाथ मन्दिरमा सँगै पूजा गरेका थिए। अहिले उनीहरूबीच सबै ठीक छ। दम्पतीबीच यस्ता घटना भइरहन्छन्।

यसअघि केही मिडिया रिपोर्टमा ६१ वर्षीय गोविन्दाको ३० वर्षीया मराठी अभिनेत्रीसँग अफेयर रहेको बताइएको थियो। यही कारण सुनिता विवाहको ३७ वर्षपछि सम्बन्धविच्छेद गर्न चाहन्छिन्। यद्यपी सुनिताले यस विषयमा अहिलेसम्म कुनै प्रतिक्रिया दिएकी छैनन्।

अर्कातर्फ बुधबार गोविन्दालाई यस विषयमा सोध्दा प्रस्टसँग केही भनेनन्। उनले भने- अहिले व्यापारिक छलफल चलिरहेको छ। म आफ्नो फिल्म सुरु गर्ने तयारीमा छु।

गोविन्दाका म्यानेजर शशी सिन्हाले बुधबार दैनिक भास्करलाई भनेका छन्- श्रीमती फिल्म बनाएर रिसाएकी छन्। यो पब्लिसिटी स्टन्ट मात्र हो। गोविन्दा फिल्म बनाइरहेका छन् तर सुनिता फिल्म बनाउने पक्षमा छैनन्। गोविन्दा काम गर्न थालेपछि सुनिता रिसाएकी थिइन्। सुनिता अन्तर्वार्तामा जे पनि बोल्थिन्। यसअघि उनले आफू र गोविन्दा अलग बस्ने बताएका थिइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad