कला


निजी शिक्षामा प्रधानमन्त्रीकै लगानी छ : विद्यानाथ कोइराला

निजी शिक्षामा प्रधानमन्त्रीकै लगानी छ : विद्यानाथ कोइराला

नेपालखबर
फागुन १६, २०८१ शुक्रबार २०:२२, काठमाडौँ

शिक्षाविद् डाक्टर विद्यानाथ कोइरालाले विश्वविद्यालयहरूमा जिउँदो मानिस नभएको बताएका छन्। सहजकर्ता विमल आचार्यको प्रश्नमा उनले भने, ‘खासमा यस्तो विकृति हुँदा पनि कोही नबोल्ने भनेपछि जिउँदो कसरी भयौँ त?’

‘हामी बुद्धिजीवी हुनुपर्ने, बुद्धुजीवी भयौँ,’ उनले अगाडि भने, ‘शिक्षक प्राध्यापकहरुमा सृजनशीलको चरम अभाव छ। सामान्य सुधार पनि गर्न नचाहने खालि निहुँ खोजिरहने प्रवृत्ति छ।’

नेपाल पर्यटन बोर्डमा जारी काठमाडौँ उत्सवको पहिलो दिन ज्ञान, विवेक र विज्ञान शीर्षकमा विद्यानाथ कोइराला र रजनी ढकाललाई विमल आचार्यले प्रश्न गरेका थिए।

एक प्रश्नमा कोइरालाले भने, ‘शिक्षा आयोगको प्रतिवेदन अहिलेका प्रधानमन्त्रीले थन्क्याइदिनुभएको छ। किनकि निजी शिक्षामा उहाँहरुकै लगानी छ।’

अर्का वक्ता रजनी ढकालले त्रिभुवन विश्वविद्यालयमा पाठ्यक्रममा व्यापक कमजोरी भए पनि आफूहरु सुधार गर्न सक्ने गरी पदमा नभएको स्वीकार गरेकी छन्।

ढकालले भनिन्, ‘एकै शिक्षकको ५६ वटा सन्दर्भ सामग्री राख्ने गरी पाठ्यक्रम बनाइएको छ।’

विश्वविद्यालयको काम कोर्स होइन डिस्कोर्स हो भन्दै शिक्षाविद् कोइरालाले भने, तर हाम्रो विश्वविद्यालयले परीक्षामा पास हुन मात्र सिकाउँछ, ज्ञान विज्ञान र चेतना के हो भन्ने कुरा गहिराईमा बुझ्ने हिसाबले सिकाउँदैन।

कार्यक्रमको सुरुवातमै सहजकर्ता विमल आचार्यले तपाईंहरुको विश्वविद्यालयको खबर के छ भनेर सोधेका थिए। विद्यानाथले काठमाडौँ विश्वविद्यालमा अलमल भएको बताए भने रजनीले त्रिविमा विद्यार्थी अभाव रहेको बताइन्। उनले भनिन्, ‘हामी १५, २० जनालाई पढाउन बाध्य छौँ।’

डाक्टर विद्यानाथ कोइरालाले पाठ्यक्रम विकास केन्द्रमा हाम्रो पूर्खाको ज्ञानलाई जोडौं भन्दा त्यो प्रमाणित होइन भन्ने कुरा आउँछ भन्दै प्रमाणित र प्रमाणित हुन बाँकी भनेर वर्गीकरण गर्न त सकिन्छ।

विश्वविद्यालयको काम कोर्स होइन डिस्कोर्स हो भन्दै शिक्षाविद् कोइरालाले भने, ‘तर हाम्रो विश्वविद्यालयले परीक्षामा पास हुन मात्र सिकाउँछ, ज्ञान विज्ञान र चेतना के हो भन्ने कुरा गहिराईमा बुझ्ने हिसाबले सिकाउँदैन।’
 
उनले हाम्रा फरक विचारहरुलाई संग्रह गरेर त्यसलाई संश्लेषण गर्न सके एउटै विषयलाई अर्को पाटोबाट हेर्ने नयाँ दृष्टिकोण मिल्ने कुरामा जोडसमेत दिए।

आज बिहानै गएको भुइँचालोमा कोको उठ्नुभयो भन्ने प्रश्न सोधेर सहजकर्ताले दर्शकदीर्घामा प्रश्न सोधेका थिए। कमैले मात्र हात उठाएपछि उनले सोधे, ‘ज्ञान र विवेकमा खराबीको भुइँचालो र परकम्प गएको गयै छ तर हामी ह्या यस्तै हो भनेर मस्त सुतिरहेका छौँ?’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad