कला


सुशील स्टारर ‘आउटलः दफा २१९’को ट्रेलरलाई उत्कृष्ट प्रतिक्रिया

सुशील स्टारर ‘आउटलः दफा २१९’को ट्रेलरलाई उत्कृष्ट प्रतिक्रिया

नेपालखबर
फागुन १९, २०८१ सोमबार १३:४४, काठमाडौँ

फागुनको २९ गतेबाट रिलिज हुने फिल्म ‘आउटलः दफा २१९’ ट्रेलर चर्चामा छ। सुशिल श्रेष्ठ स्टारर यस फिल्मको एक्सनलाई दर्शकले निकै मन पराएका छन्। अभिभिनेता श्रेष्ठ ४ वर्षपछि दर्शकमाझ आउँदैछन्। 

उनको एङ्ग्री लुक्सलाई दर्शकले मन पराएका छन्। अधिकांश दर्शकले फिल्मले हलिउड स्टाइल एक्सन र मेकिङ शैली अपनाएको भन्दै तारिफ गरेका छन्। सार्वजनिक भएको २ दिनमै ११ लाख भ्यूज बटुलेको फिल्मले युट्युबमा उत्कृष्ट प्रतिक्रिया पाएको छ। सुशीलका विभिन्न अन्तरवार्तामा पनि दर्शकले उनीप्रति अथाहा प्रेम देखाएको हेर्न सकिन्छ।

फागुन २९ गते बक्स अफिसमा यो फिल्मले उत्साहजनक व्यापार गर्न सक्ने अनुमान गरिएको छ। विक्की महर्जनको निर्देशन रहेको फिल्ममा अमित अग्रहरिको लगानी छ। फिल्मलाई साहिल खानले सम्पादन गरेका हुन् भने फिल्ममा चुल्ठे काजीको एक्सन कोरियोग्राफी छ। 

फिल्ममा सुशीलसहित नरेश पौडेल, शिक्षा संग्रौला लगायतका कलाकारहरुको अभिनय छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad