गायक महेश काफ्ले र गायिका अस्मिता अधिकारी वैवाहिक बन्धनमा बाँधिएका छन्।
लामो समयदेखि प्रेमसम्बन्धमा रहेका उनीहरूले आज लगनगाँठो कसेका हुन्।
राजधानीको एक ब्यांक्वेटमा उनीहरूको विवाह समारोह चलिरहेको छ। जहाँ दुवै पक्षका परिवार, आफन्त र संगीतक्षेत्रका केही व्यक्तिहरू उपस्थित छन्।
केही दिनदेखि दुवैको बिहे समारोह सुरु भएको थियो। हल्दी र मेहन्दी समारोहका फोटो/भिडिओहरू सामाजिक सञ्जालमा भाइरल भइरहेका छन्।
लामो समयदेखि प्रेमसम्बन्धमा रहेका उनीहरूले गत असारमा दुबईस्थित संसारको अग्लो टावर ‘बुर्ज खलिफा’ अगाडि इन्गेजमेन्ट गरेका थिए। युवापुस्तामाझ चर्चित जोडीले एकसाथ सहकार्य पनि गरिसकेका छन्।
177
Shares

प्रतिक्रिया