कला


कस्तो छ सृष्टि र महेश अभिनीत फिल्म ‘११ः५५’ को ट्रेलर

कस्तो छ सृष्टि र महेश अभिनीत फिल्म ‘११ः५५’ को ट्रेलर

नेपालखबर
फागुन २२, २०८१ बिहिबार १६:१, काठमाडौँ

फिल्म ‘११ः५५’ (डु नट ट्रस्ट एनिवन) को ट्रेलर सार्वजनिक भएको छ। काठमाडौँमा आयित एक कार्यक्रमबीच सार्वजनिक ट्रेलरले मानिसहरू आफ्नो स्वार्थका लागि जे पनि गर्नसक्ने प्रवृत्तिलाई देखाउन खोजिएको छ।

५ मुख्य कलाकारलाई सिनेमाको ट्रेलरमा रक्तिम अवतारमा प्रस्तुत गरिएको छ। ट्रेलरमा शहरीया परिवेशमा धोका जालझेल र आफ्नो स्वास्थपुर्तिका लागि जस्तोसुकै कदम चाल्नसक्ने प्रवृति यी पात्रहरुमा रहेको संकेत गरेको छ।

लभ, रोमान्स, धोका र बदलाको रहस्यले भरिपूर्ण सिनेमाको टिजरले दर्शकमाझ उत्साह पैदा गर्ने देखिन्छ। यसर्थ सिनेमाले विशेषगरी युवा दर्शकलाई आकर्षित गर्ने अनुमान गर्न सकिन्छ।

क्राइम थ्रिलर जनरामा निर्माण भएको यो केशव पाण्डेको डेव्यु निर्देशकिय फिल्म हो। यस फिल्ममा सृष्टि श्रेष्ठ, महेश त्रिपाठी, करिष्मा श्रेष्ठ, एमएस अग्रज, बुद्धि तामाङ, विशाल पहारी र डेव्यु अभिनेता सागर खनालको अभिनय छ। सिनेमामा निर्देशक पाण्डेसँगै एमएस अग्रज र शेखर ज्ञवालीको लेखन रहेको छ।

निर्देशक पाण्डेले आफुलाई फरक काम गर्न मन लाग्ने भएकाले पनि आफुले डेव्यु निर्देशकिय सिनेमा नै क्राइम थ्रिलर जनरा छानेको बताए। पोष्ट प्रोडक्सनमा केही समय लागेकाले पनि सिनेमा रिलिजमा केही समय लागेको उनले जानकारी दिए।

चित्र फिल्मस् र गुड जब आर्ट्सको व्यानरमा निर्माण भएको सिनेमामा श्याम शर्मा र सरोजा शर्माको लगानी छ। सिनेमाका कार्यकारी निर्माता एमएस अग्रज हुन्। सिनेमालाई कुवेर सिने डिष्ट्रीब्युसन प्रालिले वितरण गर्नेछ। यो फिल्म चैत ८ गतेबाट रिलिज हुँदैछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad