शनिबार (फागुन २४) भक्तपुरको सल्लाघारीमा गायक सुशान्त केसीको कन्सर्ट हुँदै छ। साढे २ वर्षपछि पहिलोपटक उनी काठमाडौँ उपत्यकामा ‘सुशान्त केसी लाइभ इन नेपाल’मार्फत संगीतप्रेमीमाझ गुञ्जिँदै छन्।
कन्सर्टको तयारी लगभग पूरा भएको छ। नेपालमै पहिलोपटक उक्त कन्सर्टको स्टेजलाई दुवै साइटबाट क्रेनले उठाएको छ।
स्टेजको र्याम्प जेनेरल प्लाटफर्मसम्म पुग्ने गरी बनाइएको छ।
१५ हजारभन्दा धेरै दर्शक सहभागी गराउने लक्ष्य रहेको कन्सर्टमा चर्चित व्यक्तिहरू आउने आशा टिमले लिएको छ।
केहीदिनअघि गायक केसीले काठमाडौँ महानगरका मेयर बालेन शाहलाई कन्सर्टमा आउन निम्तो दिएका थिए।
काठमाडौँमा प्रस्तुति दिनु आफ्ना लागि सधैँ विशेष भएको र आफू उत्साहित रहेको सुशान्तले सुनाए।
कन्सर्टमा सुशान्तले बार्दली, सारंगी, साथी र आमालगायत गीतसँगै नयाँ सिर्जना पनि पस्कने छन्।
सुशान्तका अनुसार दर्शकले सो अवसरमा नयाँ एक ट्र्याक सुन्न पाउनेछन्।
कन्सर्टको सुरक्षा प्रबन्ध चुस्त बनाउन स्थानीय प्रशासनसँग समन्वय गरिएको आयोजकले जनाएको छ।
एसकेसी इंक र द रोयल नेपाल इभेन्ट्सको संयुक्त आयोजनामा हुने यस कन्सर्टलाई भव्य बनाउन विभिन्न व्यवस्था मिलाइएको छ।
Shares

प्रतिक्रिया