ललितपुरमा महिला कलाकारहरुको सामूहिक चित्रकला प्रर्दशनी चलिरहेको छ। काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डंगोलको उपस्थितिमा फागुन २५ गतेबाट प्रदर्शनी सुरू भएको हो।
महिला विकास र कलामा सशक्तिकरणका लागि क्लासिक ग्यालरीले प्रदर्शनी आयोजना गरेको हो।
प्रदर्शनी अवलोकल गर्दै उपमेयर डंगोलले यस्ता कार्यक्रमले महिला कलालाई सम्मान र प्रोत्साहन गर्ने बताइन्।
क्लासिक ग्यालरीमा भइरहेको प्रदर्शनीमा २० जना महिलाका ५१ कलाकृती समावेश छन्।। प्रर्दशनीमा जम्मा १६ जना नेपाली र ४ जना मलेसियाका महिला कलाकार सहभागी छन्।
काठमाडौंका मात्र नभई मोफसलबाट पनि महिलाहरु कला प्रर्दशनीमा भाग लिएका छन्। यस प्रर्दशनीमा चित्रकलाबाट १६ जना, प्रिन्तमेकिङबाट २ जना त्यसै सेरामिकबाट २ जना गरेर २० जनाको कृतिहरु सहभागी छन्। प्रदर्शनी चैत १९ गतेसम्म चल्नेछ।
महिला विकास र कलामा सशक्तिकरणका लागि ग्यालरीले निरन्तरताका रुपमा सामूहिक कला प्रर्दशनीको आयोजना गरेको क्लासिक ग्यालरीकी संस्थापक सरिता डंगोलले बताइन्।
ग्यालरीले स्थापित कलाकारका साथसाथै युवा पुस्ता महिला र फरक किसिमले समक्ष कलाकारहरुलाई पनि उच्च प्राथमिकता दिदै आएको छ। प्रत्येक वर्ष नारी दिवसको अवसरमा सामूहिक कला प्रदर्शनी गर्दै आइरहेको छ।
Shares

प्रतिक्रिया