कला


‘वार २’ को सुटिङमा घाइते भए अभिनेता ऋतिक रोशन

‘वार २’ को सुटिङमा घाइते भए अभिनेता ऋतिक रोशन

नेपालखबर
फागुन २७, २०८१ मंगलबार १४:५२, काठमाडौँ

बलिउड अभिनेता ऋतिक रोशन घाइते भएका छन्। उनी फिल्म ‘वार २’ को सुटिङ सेटमा घाइते भएको भएका हुन्।

भारतीय सञ्चारमाध्यमअनुसार उनको खुट्टामा चोट लागेको छ, जसका कारण हाललाई फिल्मको सुटिङ समेत स्थगित गरिएको छ।

ऋतिकले जुनियर एनटीआरसँग गीतको रिहर्सल गर्दा चोट लागेको बताइएको छ।

ऋतिकसहित जुनियर एनटीआरको मुख्य भूमिका रहेको ‘वार २’ यसवर्षको बहुप्रतिक्षित फिल्ममध्येको एक हो। जसकारण फ्यानहरु यस फिल्मलाई लिएर निकै उत्साहित छन्।

तर, ऋतिक चोटका कारण केही समयका लागि फिल्मको छायांकन रोकिएको छ। 

‘रिहर्सलका क्रममा उनको खुट्टामा सामान्य चोट लागेको थियो, जुन निकै असहज थियो। जब डाक्टरहरूले उनको चोटको जाँच गरे, उनीहरूले उनलाई यो ठूलो गीतको छायांकन अघि आफ्नो खुट्टालाई आराम गर्न सल्लाह दिए,’बलिउड हंगामाको रिपोर्टमा उल्लेख छ।

यो डान्स गीतको छायांकन मेमा हुने भएको छ। सबै मुख्य कलाकारले आफ्ना दृश्यको छायाकंन सकेका छन् र फिल्म पोस्ट प्रोडक्सनमा छ। यो घटनाले फिल्मको कुनै प्रमोसन र मार्केटिङको योजनालाई प्रभावित तुल्याएको छैन। यो फिल्म आगामी अगस्ट १४, २०२५ मा विश्वभरका रिलिज हुनेछ।

अयान मुखर्जीको निर्देशन रहेको यो फिल्म आदित्य चोपडाको यशराज फिल्म्सको स्पाई युनिभर्सको एक भाग हो। जुनियर एनटीआरले यसै फिल्मबाट हिन्दी फिल्म उद्योगमा डेब्यु गर्दैछन्।

ऋतिक, जुनियर एनटीआरसहित कियारा आडवाणीको मुख्य भूमिका रहेको यो फिल्म सन् २०१९ को एक्शन थ्रिलर ‘वार’ को सिक्वेल हो, जसलाई सिद्धार्थ आनन्दले निर्देशन गरेका थिए ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad