कला


यी हुन् आमिरकी नयाँ प्रेमिका

यी हुन् आमिरकी नयाँ प्रेमिका

नेपालखबर
चैत १, २०८१ शुक्रबार १३:३७, काठमाडौँ

आज (मार्च १४) बलिउड अभिनेता आमिर खानको ६०औँ जन्मदिन। 

तर यसपटक उनको जन्मदिनभन्दा चर्चाको विषय बनेको छ- नयाँ प्रेमिका। 

आमिरले जन्मदिनको पूर्वसन्ध्यामा बिहीबार साँझ मुम्बईको एक होटलमा आयोजित प्रि-बर्थडे सेरेमोनीमा आफ्नो प्रेमिका सार्वजनिक गरेका हुन्। 

बिहीबार साँझ आमिरले एकाएक नयाँ प्रेमिका भन्दै गौरी स्प्राट नामकी महिलालाई मिडियासामु प्रस्तुत गर्दा बलिउडमा तरंग छाएको छ।

प्रेमिकाको परिचय गराउँदै आमिरले १८ महिनादेखि गौरीसँग डेटिङ गरिरहेको बताए।

गौरी बैंग्लोरमा सैलुन व्यवसाय चलाउने रीता स्प्राटकी छोरी हुन्।

जीवनका धेरै समय बैंग्लोरमा बिताएकी उनले सन् २००४ मा लन्डनको युनिभर्सिटी अफ आर्ट्समा फेसन डिजाइन, एफडीए स्टाइलिङ र फोटोग्राफी कोर्स अध्ययन गरिन्।

अहिले उनी मुम्बईमा बिब्लन्ट नामक सैलुन सञ्चालन गर्छिन्।

मिडिया कुराकानीमा बिहीबार गौरीले आफूले आमिर खानको प्रोडक्सन कम्पनीसँग मिलेर काम गरिरहेको बताएकी छन्।

गौरीको ६ वर्षीय सन्तान पनि छन्। 

बिहीबार आमिरले आफ्नो प्रेमसम्बन्धबारे खुलासा गर्दै भने, ‘हेर्नुस, मैले तपाईंहरू कसैलाई केही पनि थाहा पाउने मौका दिइनँ।’

हुन त यसअघि पनि आमिरले कुनै महिलासँग प्रेम गरिरहेको चर्चा चलेको थियो।

आमिरले गौरी भेट्न बैंग्लोरमा जाने गरेको र त्यहाँ मिडियाको उपस्थिति पनि पातलो हुने गरेकाले यो कुरा सार्वजनिक नभएको बताए। 

गौरी मुम्बईमा आउँदा आफूले आफ्ना बच्चा र परिवारसँग भेटाएको पनि आमिरले बताए।

शुक्रबार आमिरले साथी र परिवारसँग डिनरको आयोजना गर्दै छन्। 

जहाँ गौरी पनि उपस्थित हुने बताइएको छ।

आमिर खानको पहिलो विवाह रीना दत्तासँग भएको थियो। उनीबाट एक छोरा जुनैद खान र छोरी आइरा खान छन्।

रीनासँग सम्बन्ध विच्छेदपछि आमिरले किरण रावसँग विवाह गरे, जसबाट एक छोरा आजाद भएका छन्।

तर आमिर र किरणको पनि सम्बन्ध विच्छेद भइसकेको छ।

आमिरको आगामी फिल्म ‘सितारे जमिन पर’ प्रदर्शनको तयारीमा छ। यो फिल्म यसअघिको हिट ‘तारे जमिन पर’को दोस्रो शृ‌ंखला हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad