कला


‘डोरी’ प्रचारको लागि अनौठो भेषमा देखा परे अभिनेता वीरेन्द्र सिंह कुशवाहा

‘डोरी’ प्रचारको लागि अनौठो भेषमा देखा परे अभिनेता वीरेन्द्र सिंह कुशवाहा

नेपालखबर
चैत १३, २०८१ बुधबार १५:२, काठमाडौँ

चैत १५ गतेदेखि फिल्म ‘डोरी’ प्रदर्शन हुँदै छ।

रिलिज मिति नजिकिएसँगै  फिल्मका अभिनेता वीरेन्द्र सिंह कुशवाहा काठमाडौंका विभिन्न स्थानमा अनौठो भेषमा देखा परे। 

घाँटीमा डोरीको माला लगाई, रातो सारीमा रिसाएको अनुहारसहित बजार डुलिरहेका कुशवाहालाई सर्वसाधारणले देख्दा अचम्म मानेका छन्। धेरैले उनको फोटो तथा भिडियो खिचेर सामाजिक सञ्जालमा पोस्ट गरेका छन्, जसले फिल्मको चर्चा भइरहेको छ। 

‘डोरी’ को प्रचार रणनीतिअन्तर्गत गरिएको यो गतिविधिले सर्वसाधारणको ध्यान आकर्षित गर्न सफल भएको छ। निर्देशक अरुण लामाले चलचित्रको कथावस्तुअनुसार चलचित्रको प्रचार दर्शकसम्म पुर्‍याउनका लागि यस्तो विधि अपनाइएको बताए।

यसअघि सार्वजनिक ट्रेलरमा बिरेन्द्रलाई यही गेटअपमा देखाइएको छ, जसबाट चलचित्र निकै रोचक रहेको लख काट्न सकिन्छ।

‘डोरी’को लेखन तथा निर्देशन अरुण लामाले गरेका हुन्। चलचित्रमा अरुण आफैँले प्रमुख भूमिका निभाएका छन् भने प्रवीण खतिवडा, शिशिर बाङ्देल, प्रकाश घिमिरे, अञ्जना बराइली, राज पौडेल, कविता आले, नूतन, राज थापा, वीरेन्द्र सिंह कुशवाहा, शारदा अधिकारी, प्रेम सुब्बा, सजन श्रेष्ठ, रामबाबु रेग्मी, लगायतका कलाकारहरूको अभिनय रहेको छ।

चलचित्रका निर्माता दिनेश भट्टराई हुन् भने कार्यकारी निर्माता राज थापा रहेका छन्। चलचित्रको स्क्रिप्ट डाक्टर मनोज पण्डित हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad