कला


बायोपिक फिल्म ‘अञ्जिला’  ले १३ दिनमा कति कमायो?

बायोपिक फिल्म ‘अञ्जिला’  ले १३ दिनमा कति कमायो?

नेपालखबर
चैत १४, २०८१ बिहिबार ८:१६, काठमाडौँ

सुपर हिट फिल्म ‘अञ्जिला’ को १३ दिनको कमाइ सार्वजनिक भएको छ। यस फिल्मले  १३ दिनमा ८ करोड ७० लाख रुपैयाँ ग्रस कलेक्सन गरेको छ। 

चलचित्रका वितरक करण श्रेष्ठका अनुसार यो कलेक्सन दोस्रो साताको मङ्गलबारसम्म देशभरका हलहरूबाट प्राप्त रिपोर्टका आधारमा निर्मातालाई दिइएको हो।

चलचित्रका निर्माता प्रेमकुमार श्रेष्ठका अनुसार चलचित्रको दोस्रो सातासम्मको प्रदर्शन पनि अघिल्लो हप्ताअनुसार अपेक्षाकृत रहेको छ। उनले भने,  ‘हामीले सोचेजस्तै चलचित्रले राम्रो व्यापार गरिरहेको छ। दर्शकको माया र समर्थनले हामीलाई थप हौसला मिलेको छ। अझै केही सातासम्म राम्रो व्यापार गर्ने अपेक्षा गरेका छौँ।’

निर्देशक मिलन चाम्सले  फिल्मको सफलताप्रति खुसी व्यक्त गरे।  ‘नेपाली दर्शकले राम्रो सिनेमा रुचाउने प्रवृत्ति फेरि प्रमाणित भएको छ। कथा, प्रस्तुतीकरण, र कलाकारहरूको उत्कृष्ट अभिनयले दर्शकलाई हलसम्म ल्याएको छ। आगामी दिनमा अझ राम्रो प्रदर्शन हुने आशा छ,’ चाम्सले भने।

यो फिल्म छिट्टै विश्वभरका १६ देशमा प्रदर्शनमा आउँदै छ। नेपालको प्रतिक्रिया हेरी ओभरसिज वितरकहरूले चलचित्रको माग गरेको निर्देशक चाम्सले बताए ।

यो चलचित्र नेपाली महिला राष्ट्रिय फुटबल टिमकी कप्तान एन्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित छ। जसमा एन्जिला आफैँले प्रमुख भूमिकामा अभिनय गरेकी छन्। 

चलचित्रमा उनको बाल्यकालदेखि खेल जीवनसम्मको संघर्ष र सफलताको कथा प्रस्तुत गरिएको छ। यसमा एन्जिलासँगै प्रेमकुमार श्रेष्ठ, सुनिल थापा, दयाहाङ राई, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, सुमीन गुरुङ, बुद्धि तामाङ लगायतका कलाकारहरूको अभिनय रहेको छ।

बिहीबारदेखि तेस्रो हप्ता प्रवेश हुने यो चलचित्रलाई दर्शकले मन पराइरहेका छन् र बक्स अफिसमा लगातार राम्रो कमाइ गरिरहेको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad