बहुप्रतिक्षित बलिउड फिल्म ‘सिकन्दर’ प्रदर्शनमा आएको छ। बलिउड अभिनेता सलमान खानको मुख्य भूमिका रहेको यो फिल्म आजदेखि हलमा लागेको हो।
एक्सन जनरामा बनेको यस फिल्ममा सलमानसहित रश्मिका मन्दाना मुख्य भूमिकामा छन्। यस फिल्ममा एआर मुरुगादासको निर्देशन रहेको छ। निर्देशक मुरुगादासले यसअघि गजनी, हलिडे र अकिराजस्ता हिन्दी फिल्म निर्देशन गरिसकेका छन्।
भारतसहित विश्वभर रिलिज भएको यस फिल्मले मिश्रित प्रतिक्रिया पाइरहेको छ। एक्सन दृश्यको तारिफ भएपनि फिल्मको कथाबारे भने नकरात्मक नसकरात्मक प्रतिक्रिया आइरहेको छ।
साजिद नाडियाडवालाले निर्माण गरेको फिल्मको स्ट्रिमिङ पार्टनर नेटफ्लिक्स हो।
1.8k
Shares

प्रतिक्रिया