कला


दुर्गेश थापाले गाए विपिन अभिनीत फिल्म ‘कर्मा’को गीत

दुर्गेश थापाले गाए विपिन अभिनीत फिल्म ‘कर्मा’को गीत

फाइल तस्बिर


नेपालखबर
चैत १८, २०८१ सोमबार १२:२५, काठमाडौँ

चर्चित गायक दुर्गेश थापाले चलचित्र ‘कर्मा’का लागि गीत गाएका छन्। सौरभ चौधरीको लेखन तथा निर्देशन रहेको चलचित्र ‘कर्मा’का लागि दुर्गेशले गीत गाएका हुन्। 

दुर्गेश स्वयंले आफूले कर्माको लागि गीत गाएको जानकारी दिए।

केही दिनअगाडि दुर्गेशले रेकर्ड गरेको गीतको आइतबार भिडिओ छायांकन भएको छ। दुर्गेशको गीत चलचित्रभित्रै समावेश हुने बताइएको छ।

दुर्गेशकले गाएको गीतमा चलचित्रका मुख्य कलाकार विपीन कार्की, उपासनासिंह ठकुरी, मुकुन भुसाललगायतको अभिनय रहेको छ। निर्माणपक्षका अनुसार केही दिनमा उक्त गीत सार्वजनिक हुनेछ।

आगामी चैत २९ गतेबाट यो फिल्म नेपाल र विदेशमा एकसाथ रिलिज हुँदैछ।

यस्तै, निर्माणपक्षले आज साँझ गायक सुशान्त केसीको आवाजमा रहेको ‘पागल पागल जस्तै’ बोलको गीत सार्वजनिक गर्दैछ।

गायक केसीले ‘कर्मा’मार्फत पार्श्व गायनमा डेब्यु गरेका हुन्। केही दिनअघि निर्माणपक्षले भिडियो छायांकन गरेको थियो। यस गीतमा उनकै शब्द, संगीत र स्वर छ।

युवा पुस्तामाझ सुशान्तको लोभलाग्दो क्रेज छ। अरूका लागि गीत गाउँदैनन्। उनी आफ्नै च्यानलमा मात्रै गाउँदै आएका छन्। उनका हरेक गीत मिलियन्सभन्दा माथि युट्युबमा भ्युज गएका छन्।

चलचित्र ‘कर्मा’मा विपीन र उपासनासँगै मुकुन भुसाल, दिब्यदेब, सरिता गिरी, बेन बस्नेत, सुज्यान सिलवाल, अनिल बुढाथोकी, निर्मल शर्मालगायतको अभिनय रहेको छ।

एक्सन जनरामा निर्माण भएको ‘कर्मा’ ड्रामा, सस्पेन्स र एक्सन जनरामा निर्माण भएको छ। सिनेमाको कथा निर्देशक चौधरी आफैँले लेखेका छन् ।

‘कर्मा’ले अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार बिक्रीको अधिकार सेभेन सिज सिनेमाले लिएको छ।

चलचित्रमा भाष्कर स्वाँरको संगीत निर्देशन, कविराज गहतराजको कोरियोग्राफी, श्री श्रेष्ठको द्वन्द्व निर्देशन र निमेष श्रेष्ठको सम्पादन छ।

आर्टिस्टिक इनटरटेनमेन्टको प्रस्तुति रहने ‘कर्मा’मा वसन्त लम्सालको लगानी छ। निर्देशक चौधरीको ‘अगस्त्यः च्याप्टर १’ले दर्शक र समीक्षकको राम्रो प्रतिक्रिया पाएको थियो।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad