कला


पार्श्व गायनमा सुशान्तको डेब्यु, ‘कर्मा’मा समावेश ‘पागल’ सार्वजनिक (भिडिओ)

पार्श्व गायनमा सुशान्तको डेब्यु, ‘कर्मा’मा समावेश ‘पागल’ सार्वजनिक (भिडिओ)

नेपालखबर
चैत १९, २०८१ मंगलबार ११:४५, काठमाडौँ

चर्चित गायक सुशान्त केसीले पार्श्व गायनमा डेब्यु गरेका छन्। केसीको स्वर रहेको फिल्म  ‘कर्मा’ समावेश ‘पागल’ बोलको गीत सार्वजनिक भएको हो। सुशान्त केसीको युट्युब च्यानलबाट ‘कर्मा’को गीत सार्वजनिक गरिएको हो।

प्रेमिल गीतमा लोकप्रिय गायक सुशान्त केसीको स्वर छ। गीतमा शब्द तथा संगीत पनि गायक केसीकै छ। गीतको शब्द तथा लय सुशान्त केसीको आफ्नै फ्लेबरमा छ। 

जसका कारण युवा पुस्ताले यो गीत मन पराउनेमा चलचित्रको निर्माणपक्ष ढुक्क छ। एकले अर्काको आँखामा देखेको प्रेमको गहिराइलाई सुशान्तले गीतमा उतारेका छन्।

गीतको भिडिओमा चलचित्रका मुख्य कलाकार फिचर्ड छन्। विपीन  र उपासनाले भिडियोमा अभिनय गरेका छन्। एकअर्काप्रतिको गरेको माया गीत र भिडिओमा देख्न सकिन्छ। भिडिओमा फिल्मको फुटेज प्रयोग गरिएको छ। सिनेमाका कलाकारको जति नै सुशान्त पनि भिडिओमा फिचर्ड छन् ।
 

फेसबुक सर्ट तथा रिल्समा राखेको छोटो क्लिप नै दर्शकले मन पराएका थिए। अहिलेको युवापुस्ताले रुचाउने खालको गीत उनले तयार पारेका छन्।

चलचित्रमा सुशान्तले गाएको यो पहिलो गीत हो। यसअघि थुप्रै चलचित्रबाट अफर आए पनि सुशान्तले सिनेमाका लागि गीत गाएका थिएनन्। कलेक्सन एल्बममा उनी उनी गीत गाउँदैनन्।

नयाँ वर्ष २०८२ को छेको पारेर चलचित्र ‘कर्मा’ आगामी चैत २९ गतेबाट नेपाल र विदेशमा यो चलचित्र एकसाथ रिलिज हुँदैछ। विपीन र उपासनासँगै मुकुन भुसाल, दिब्यदेब, सरिता गिरी, बेन बस्नेत, सुज्यान सिलवाल, अनिल बुढाथोकी, निर्मल शर्मालगायतको अभिनय रहेको छ।

एक्सन जनरामा निर्माण भएको ‘कर्मा’ ड्रामा, सस्पेन्स र एक्सन जनरामा निर्माण भएको छ। सिनेमाको कथा निर्देशक चौधरी आफैँले लेखेका छन्। ‘कर्मा’ले अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार बिक्रीको अधिकार सेभेन सिज सिनेमाले लिएको छ।


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad