कला


तोकियो अनमोल अभिनीत ‘जेरी अन टप’को रिलिज डेट

तोकियो अनमोल अभिनीत ‘जेरी अन टप’को रिलिज डेट

नेपालखबर
चैत ३१, २०८१ आइतबार १३:२२, काठमाडौँ

अनमोल केसीको मुख्य भूमिका रहेको फिल्म ‘जेरी अन टप’ को प्रदर्शन मिति तोकिएको छ।

निर्माण टिमले पोस्टर सार्वजनिक गर्दै फिल्म असोज ३१ गते रिलिज गर्ने जानकारी दिएको हो। 

फिल्ममा अनमोलसहित जसिता गुरुङ, आँचल शर्मा, विपना थापा, केदार घिमिरे ‘माग्ने बूढा’, निर्मल शर्मा, भुवन केसी, सुरक्षा पन्तलगायतले अभिनय गरेका छन्।

उक्त फिल्म ६० दिन लगाएर मुस्ताङ, काठमाडौँ र लुक्लामा छायांकन गरिएको छ। 

बाँकी २ गीतको सुटिङ भने काठमाडौँ र भारतमा खिच्ने तयारी छ।

अनन्या फिल्म्स र भण्डारी मल्टी ट्रेडको ब्यानरमा रहेको फिल्मका निर्माता सरोज न्यौपाने हुन्।

लभस्टोरी जनरामा रहेको फिल्म सुयोग गुरुङले निर्देशन गरेका हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad