एक दशकपछि कलाकार दीपकराज गिरी, सीताराम कट्टेल (धुर्मुस) र जितु नेपाल एकसाथ सहकार्य गर्ने भएका छन्। वसन्त निरौलाको निर्देशनमा बन्ने फिल्म ‘पाँच पाण्डव’ मा उनीहरू एकसाथ देखिन लागेका हुन्।
निर्देशक निरौलाले तिनैजना एकसाथ काम गर्न लागेको पृष्टि गरे। उनले नेपालखबरसँगको कुराकानीमा भने, ‘उहाँहरू तिनैजना फिल्ममा काम गर्ने पक्का भइसकेको छ। अहिले फिल्मको प्रि प्रोडक्सनको काम भइरहेको छ। तयारी सकेर छिट्टै छायांकनमा जाने छौँ।’
केहीदिनअघि तिनैजना गण्डकी प्रदर्शका विभिन्न जिल्लामा पुगेका थिए। शनिबार उनीहरू ‘पाँच पाण्डव’ को गृहकार्य भइरहेको ठाउँ पोखरा समेत पुगे। यसैबीच, शनिबार दीपकले पनि फेसबुकबाट तिनैको फोटो सेयर गरेका थिए।
यद्यपी, सीतारामसहित कलाकार कुञ्जना घिमिरे (सुन्तली) अनुबन्धित भएपनि अरुबारे औपचारिक रुपमा घोषणा हुन बाँकी छ। तिनैजना १० वर्षपछि एकसाथ फिल्ममा देखिन थालेका हुन्। तिनैजनाले सहकार्य गरेको ‘वडा नम्बर ६’ सन् २०१५ मा रिलिज भएको थियो।
त्यसपछि धुर्मुससँग सहकार्य नभएपनि जितु तेस्रो श्रृंखलासम्म देखिएका थिए। तर, दीपाश्री निरौलालाई आफ्नो कार्यक्रम ‘मुन्द्रेको कमेडी शो’ बाट हटाएसँगै उनी त्यस टिमबाट आउट भए। यसरी केहीवर्षपछि काम गर्दा उनीहरूबीच पुर्नमिलन भएको समेत बुझ्न सकिन्छ।
Shares

प्रतिक्रिया