कला


करणले ल्याए आफ्नै सिर्जनामा बनेको गीत ‘सम्झना’ (भिडिओ)

करणले ल्याए आफ्नै सिर्जनामा बनेको गीत ‘सम्झना’ (भिडिओ)

नेपालखबर
बैशाख २२, २०८२ सोमबार ११:२१, काठमाडौँ

नेपाल आइडल सिजन ५ मा विजेता करण परियारको नयाँ गीत ‘सम्झना’ सार्वजनिक भएको छ। सार्वजनिक गीतमा करणकै शब्द, संगीत र स्वर छ। स्वरमा करणलाई रोहित सुन्दासले साथ दिएका छन्। 

आइडलको विजेता भएपछि करणले थुप्रै गीतमा स्वर भरेका भए पनि उनले पहिलोपटक आफ्नो सृजना सार्वजनिक गरेका हुन्। 

गीत सार्वजनिक गरेसँगै उनले भने, ‘अब लगातार आफ्नो युट्युबबाट आफ्नै सृजनाहरु सार्वजनिक गर्नेछु। केहि नयाँ तयारी पनि भैरहेको छ। मलाई नेपाल आइडलमा जिताउनु भएका दर्शकका लागि भए पनि म आफैँले राम्रा गीतहरु बनाउनुपर्ने हुन्छ र मेरो चाहाना पनि त्यहि नै हो।’

रंग पत्रकार सुजन श्रेष्ठले निर्देशन गरेको वान टेक भिडिओमा करण र रोहित फिचर्ड छन्।  भिडिओको डीओपी सुशान ठटाल हुन् भने भिडिओलाई पंकज महराले खिचेका हुन्। भिडिओलाई सुशिल घिमिरेले सम्पादन र कलर गरेका हुन ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad