कला


फेरि एक्सन फिल्म खेल्दै पूजा शर्मा

फेरि एक्सन फिल्म खेल्दै पूजा शर्मा

फाइल तस्बिर


नेपालखबर
बैशाख २२, २०८२ सोमबार १३:३, काठमाडौँ

अभिनेत्री पूजा शर्मा नयाँ एक्सन फिल्ममा अनुबन्धित भएकी छिन्। शर्मा गतवर्ष रिलिज भएको फिल्म ‘दान्भी’का निर्देशक रुपेश तामाङको नयाँ फिल्ममा देखिन लागेकी हुन्। ‘दान्भी’मा पूजा एक्सन अवतारमा देखिएकी थिइन्। 

मल्टिस्टारर कलाकार लिएर एक्सन फिल्म बनाउने तयारी रुपेशको छ। यसका लागि कलाकारहरुलाई फाइनल गर्ने काम पनि धमाधम चलिरहेको छ ।

यसैबिच, यो फिल्ममा अभिनेत्री पूजा फाइनल भएकी छिन्। फिल्ममा पूजा फाइनल भएपछि रुपेशले भने,‘मेरो कथाले पूजा शर्मालाई नै खोजेका कारण उहाँलाई साइन गरेका हौँ। यसपटक अघिल्ला फिल्ममा भएका कमजोरीलाई सुधार्दै काम गर्ने कोशिस गर्नेछु।’

अभिनेत्री शर्माले पनि फेरि एकपटक आफू एक्सन भूमिकामा देखिन लागेको भन्दै खुशी व्यक्त गरिन्। ‘दान्भीको एक्सनलाई दर्शकले रुचाउनुभएको थियो। यसैले, मलाई एक्सन फिल्ममा फेरि काम गर्न मन थियो। रुपेशजीले राम्रो कथा लिएर आएपछि साइन गरेकी हुँ,’उनले भनिन्। 

निर्देशक रुपेशका अनुसार, यसपटक फिल्ममा कलाकारहरु सरप्राइज हुनेछन्। फिल्मको नाम तय गरिएको छैन। केही दिनमै फिल्मको नाम विकास बोर्डमा दर्ता गरेरपछि सार्वजनिक गर्ने रुपेशले बताए। फिल्मलाई सुमन गजमेरले लेखिरहेका छन्। छिट्टै फिल्मको छायांकन गर्ने निर्माण टिमको तयारी छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad