कला


‘ऊनको स्वीटर’ को अग्रिम बुकिङ खुला

‘ऊनको स्वीटर’ को अग्रिम बुकिङ खुला

नेपालखबर
बैशाख २४, २०८२ बुधबार १५:३, काठमाडौँ

वैशाख २६ गतेबाट रिलिज हुने फिल्म ‘ऊनको स्वीटर’को अग्रिम बुकिङ खुला भएको। यस फिल्मले नेपालभरिकै हलबाट उत्साहजनक शो पाएको छ।

टिकट बुकिङ खुल्नासाथ दर्शकको व्यापक उत्साह छ। र दर्शकहरूले टिकट खरिद गर्न थालिसकेका छन्। टिजर, ट्रेलर र गीतमार्फत पहिल्यै चर्चा बटुल्न सफल यो चलचित्रप्रति दर्शकको चासो तीव्र छ।

नेपालकै सबैभन्दा ठूलो सिनेमा हल सञ्जाल क्युएफएक्सले मङ्गलवारदेखि नै टिकट बुकिङ खुला गरेको हो। त्यस्तै, काठमाडौँ उपत्यकाका बिग मुभिज, आइएनआई, एफक्युब लगायतका हलहरू तथा उपत्यका बाहिरका प्राय सिनेमाघरले पनि बुकिङ गरिसकेका छन्।

वितरक गोविन्द शाहीका अनुसार, यो समाचार तयार पार्दासम्म देशभरका सिनेमा घरहरूले चलचित्रको लागि व्यापक शो प्रदान गरिसकेका छन्। यकिन शोको सङ्ख्या बिहीबार मात्र सार्वजनिक हुने भए पनि तीन सयभन्दा बढी शो देखिने प्रक्षेपण गरिएको उनले बताए। 

शो सङ्ख्या र दर्शकको चासो हेर्दा चलचित्रले राम्रो सुरुवात गर्ने अपेक्षा गरिएको छ।

आर्टमाण्डू प्रालिको ब्यानरमा निर्माण भएको फिल्मको निर्देशक नवीन चौहान हुन्। यस फिल्ममा विपिन कार्की, मिरुना मगर, परीक्षा लिम्बु, एलेक्स पारस र विल्सन विक्रम राई मुख्य भूमिकामा छन्। साथै सुनिल पोखरेल, माओत्से गुरुङ, प्रेम सुब्बा, सुरज तमु, शारदा देवी सिलवाल, र भावना खपाङ्गी मगर लगायतको अभिनय छ।

सङ्गीतमा सुजन चापागाईँ र झुमा लिम्बुको निर्देशनमा बनेका ‘फूल’, मखमली, र काफ्ले जस्ता गीतहरूले दर्शकमाझ निकै लोकप्रिय छन्। निर्देशक नवीन चौहानको पहिलो फिचर फिल्म हो।

चौहानले यसअघि ‘घुमी घुमी’, ‘देखेर तिमीलाई – तीनपाते’, ‘फूलथुङ्गे रानी’, ‘चन्द्रमा’ जस्ता चर्चित सङ्गीतमूलक चलचित्र निर्देशन गरिसकेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad