कला


‘ऊनको स्वीटर’: दर्शक उत्साहजनक, कमाइ आक्रामक

‘ऊनको स्वीटर’: दर्शक उत्साहजनक, कमाइ आक्रामक

नेपालखबर
बैशाख २८, २०८२ आइतबार १२:१२, काठमाडौँ

नवीन चौहान निर्देशित फिल्म ‘ऊनको स्वीटर’ले दर्शकको उत्साहजनक साथ पाएको छ।

वैशाख २६ गते रिलिज भएको यस फिल्मले शुक्रबार र शनिबार आक्रामक कमाइ गरेको हो।

पहिलो विकेन्ड (शुक्रबार र शनिबार) यस फिल्मले घरेलु बक्सअफिसमा १ करोड ३७ लाख ६९ हजार ग्रस कलेक्सन गरेको छ। जुन निकै राम्रो कमाइ हो।

गत फागुन २९ गते रिलिज भएको ‘अञ्जिला’पछि कुनै पनि नेपाली फिल्मले बक्सअफिस उछाल ल्याउन सकेका थिएनन्।

यस्तो अवस्थामा ‘ऊनको स्वीटर’ले बक्सअफिस चलायमान बनाएको छ।

शुक्रबार र शनिबार यस फिल्ममा अकुपेन्सी राम्रो देखिएको थियो। आइतबार पनि दर्शकको फलो राम्रो देखिएको छ।

सोमबार बुद्ध जयन्तीका अवसरमा सार्वजनिक बिदा भएकाले झन् फाइदा पुग्ने देखिन्छ।

आर्टमान्डु प्रालिको ब्यानरमा बनेको फिल्ममा विपिन कार्की, मिरुना मगर, परीक्षा लिम्बू, एलेक्स पारस, सुनील पोखरेल, सुरज तमु र प्रेम सुब्बालगायतको अभिनय छ।

फिल्मको कथा निर्देशक चौहानले नै लेखेका हुन्।

पूर्वका लिम्बू समुदायको सेटिङमा तयार पारिएको यस कथाले सीमापार अन्तरजातीय प्रेमकथा समेटेको छ। जसलाई दर्शकले निकै मन पराइरहेका छन्।

तर शुक्रबारदेखि रिलिज भएको अर्को नेपाली फिल्म ‘जार’ भने बक्सअफिसमा कमजोर देखिएको छ।

‘जार’ साहित्यकार इन्द्रबहादुर राईको ऐतिहासिक कथामा आधारित फिल्म हो। 

जसमा सौगात मल्ल, अनुपविक्रम शाही, गीताञ्जली थापालगायतले अभिनय गरेका छन्।

प्रिमियर शोमा अत्यधिक रुचाइए पनि फुर्वा छिरिङ लामा निर्देशित यस फिल्मले ‘ऊनको स्वीटर’ तुलनामा कम शो पाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad