फिल्म ‘नरसिंहाः अवतार’मा अभिनेता राज कटुवाल र सनिषा भट्टराइले बोलेको संवादको अहिले सामाजिक संजालमा खुबै चर्चा भइरहेको छ। यो संवादमा टिकटक बनाउनेहरु प्रशस्त छन्।
एक्सन, प्रेम, विछोड, वियोग, सस्पेन्स र थ्रीलर कथामा तयार भएको यो फिल्मलाई दिवाकर भट्टराइले लेखन तथा निर्देशन गरेका हुन्। जेठको ९ गतेबाट रिलिज हुने फिल्ममा ट्रेलरमा राज र सनिषाको प्रेम देखाइएको छ।
जहाँ, भनिएको छ–‘कोही मान्छे यति खास हुन्छन् कि जसलाई सास रहुन्जेलसम्म पनि बिर्सन सकिँदैन। तिमीलाई बिर्सिएर कसरी सास फेर्नु?।’
राजको यो संवादपछि सनिषाले भन्छिन्–‘को हौँ तिमी मेरो?’ ट्रेलरमा समावेश यो संवाद अहिले चर्चामा छ। साथै, फिल्मको ट्रेलर सार्वजनिक भएपछि नायक राज कटुवालको एक्सनको पनि तारिफ भइरहेको छ।
राज र सनिषा दर्शकले यो संवाद मन पराएकोमा दंग छन्। उनीहरुले, फिल्ममा दर्शकहरुले आफूहरुको प्रेमको विशेष पाटो हेर्न पाउने बताए।
फिल्मले सुखद ओपनिङ गर्ने अपेक्षा गरिएको छ। नेम महर्जन, नरेन्द्र महर्जन, दीपक ढकाल र ध्रुव न्यौपाने यो फिल्मका निर्माता हुन्।
यो फिल्ममा राज र सनिशासहित राजेश हमाल, नीति शाह, निर शाह, प्रशान्त ताम्राकार, राजिभ जंग बस्नेत, रमेश चन्द सोडारी, दीपा शाही लगायतका कलाकारहरुको अभिनय छ।
Shares

प्रतिक्रिया