अजय देवगन स्टारर बलिउड फिल्म ‘रेड २’ ले बक्सअफिसमा तहल्का मच्चाइरहेको छ। ‘छावा’ बाहेक लामो समयसम्म हिन्दी फिल्मले बक्सअफिसमा राम्रो कमाइ गर्न सकेन।
तर, ‘रेड २’ ले भने घरेलु बक्सअफिस तताएको छ। राजकुमार गुप्ता निर्देशित यस फिल्मले भारतभर १३० करोड भारतीय रुपैयाँ कमाएको छ। शक्तिशाली कथा र जबरदस्त थ्रिललाई देशसहित विदेशका दर्शकहरुले पनि मन पराइरहेका छन्।
पछिल्लो रिपोर्ट अनुसार १३ दिनसम्म फिल्मले विश्वव्यापी रूपमा १६९ करोड रुपैयाँ भारु कमाएको छ। यो अजय देवगनको फिल्मको लागि ठूलो उपलब्धी हो। फिल्मको यही गतिमा कमाई गरिरह्यो भने चाँडै नै केही ठूला रेकर्डहरू तोड्न सक्छ।
फिल्ममा अजयसहित रितेश देशमुख, वाणी कपुर र सौरभ कपुरको अभिनय छ। यो फिल्म सन् २०१८ सालमा रिलिज भएको ‘रेड’ को सिक्वेल हो।
वाणी कपुर र सौरभ शुक्लाको उपस्थितिले फिल्मलाई अझ रोमाञ्चक बनाउँछ। रेड जस्तै सौरभले यस सिक्वेलमा पनि आफ्नो भूमिका उत्कृष्ट रूपमा दोहोर्याए।
Shares

प्रतिक्रिया