कला


राजेशको कमब्याक फिल्म ‘नरसिंहाः अवतार’को विदेशमा माग

राजेशको कमब्याक फिल्म ‘नरसिंहाः अवतार’को विदेशमा माग

नेपालखबर
जेठ १, २०८२ बिहिबार १३:३२, काठमाडौँ

जेठको ९ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘नरसिंहाः अवतार’को ट्रेलर सार्वजनिक भएपछि यसको हाइप ह्वात्तै बढेको छ।

फिल्मको ट्रेलरले हाइप बनाएसँगै नेपाली बजारमा त यसको प्रतिक्षा छ नै, विदेशी बजारमा पनि माग बढेको छ। फिल्मका लेखक तथा निर्देशक दिवाकर भट्टराइले विदेशबाट फिल्मको माग उच्च भएको भन्दै विभिन्न देशका लागि कुराकानी भइरहेको बताए।

यसैबिच, नेपाली फिल्मका लागि सबैभन्दा ठूलो बजार मानिएको अष्ट्रेलियामा यो फिल्मको रिलिज अधिकार विक्री भएको छ। यो फिल्मको अष्ट्रेलिया विक्री अधिकार बीआई इभेन्ट्सले खरिद गरेको हो। फिल्मलाई कति रकममा अष्ट्रेलियामा रहेको बीआई इभेन्ट्सले खरिद गर्यो भन्ने निर्माणपक्षले खुलाएको छैन। 

बीआई इभेन्ट्सकी वर्षा इटानीले भनिन्–‘महानायक राजेश हमालको क्रेज र फिल्मको चर्चा अष्ट्रेलियामा खुबै छ। यसैले, दर्शकहरुको मागलाई ध्यानमा राखेर हामीले यो फिल्मको अष्ट्रेलिया अधिकार खरिद गरेका हौं । आशा छ, फिल्मले अष्ट्रेलियाका दर्शकहरुको मन जित्नेछ।’ 

वर्षा ‘भ्वाइस अफ नेपाल’मा सहभागी भइसकेकी गायिका समेत हुन्। वर्षाले नेपालमा रिलिज भएको केही समयमै अष्ट्रेलियामा फिल्म रिलिज हुने बताइन्। 

नेम महर्जन, दीपक ढकाल, नरेन्द्र महर्जन र ध्रुव न्यौपानेको लगानीमा तयार भएको यो फिल्ममा राजेश हमाल, राज कटुवाल, नीति शाह, सनिषा भट्टराई, नीर शाह, प्रशान्त ताम्राकार, राजिभ जंग बस्नेत, रमेश चन्द सोडारी, दीपा शाही लगायतका कलाकारहरुको अभिनय छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad